छोरीको पिता बने विल्सन

जनपत्र
२४ मंसिर २०७८, शुक्रबार ०६:२१

कलाकार तथा गायक विल्सन विक्रम राई छोरीको पिता बनेका छन् । विल्सनकी श्रीमती सरिना लामाले बिहीवार विहान झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । विल्सनले आमा र छोरी दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको र छोरीको तौल ३ केजीको रहेको जानकारी दिएका छन् । राई दाम्पतिले छोरीको नाम सभ्यता बी राई राखेका छन् ।
अस्पतालमा छोरीलाई काखमा लिएर खिचेको तस्विर फेसबुकमा पोस्ट गर्दै विल्सन विक्रमले लेखेका छन्, ‘आज हाम्रो परिवारमा नयाँ सदस्यको शुभ आगमन भयो । मलाई छोरीको बाबु र मेरो जीवन साथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भएकोमा औधी भाग्यमानी ठानेको छु ।’ अघिल्लो लकडाउनमा उनलाई पुत्र लाभ भएको थियो । छोरा जन्मिएको दिन उनको ३४औं बर्थ-डे थियो ।
विल्सन ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निभाएपछि चर्चामा आएका थिए । आज पनि उनलाई वास्तविक नामले भन्दा ‘तक्मे बुढा’ नामले चिन्ने धेरै छन् । ‘रातो घर, अर्धकट्टी, प्रोड्युसर, कबड्डी कबड्डी कबड्डी’ लगायतका फिल्ममा पनि अभिनय गरिसकेका उनको पछिल्लो रिलिज फिल्म ‘सेन्टी भाइरस’ हो । उनले गाएको ‘आइ लभ यू सेन्तेरेम, १९ फाउन्टीन’ जस्ता गीत पनि हिट छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*