कांग्रेस गण्डकी सभापतिमा शर्मा विजयी
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्पर्धी अर्जुनप्रसाद जोशीलाई पराजित गरेका हुन् । निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । केही बेरअघि ११ सय मत गन्दा शर्माको ५८५ मत र जोशीको ५१० मत रहेको थियो ।
गण्डकी प्रदेशमा एक हजार १६० मतदाता रहेकामा ११ सय ४६ मत खसेको थियो । बाँकी गन्न सबै मत जोशीको पक्षमा आउँदा पनि शर्माले जितिसकेका छन् । पार्टीका अन्य पदाधिकारीमध्ये केही पदमा शर्मा समूहकै अग्रता देखिएको छ ।