‘बजरंगी’ बनाउने तयारीमा ‘बाउन्सर’ हिरो

जनपत्र
१७ मंसिर २०७८, शुक्रबार ०६:४०

मुख्य नायक भएर अभिनय गरेको फिल्म ‘बाउन्सर’ रिलिज पश्चात अमेरिका हानिएका प्रशान्त गिरी नयाँ फिल्मको तयारीका लागि नेपाल आएका छन् । ७ वर्षअघि नै निर्माण घोषणा गरिएको फिल्म ‘बजरंगी’ को काम अगाडि बढाउन आफू नेपाल आएको उनले जानकारी दिए । फिल्ममा उनकै अभिनय र निर्माण रहनेछ । अहिले फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको प्रशान्तले बताए ।

फिल्म ‘थ्याङ्क्यू’ बाट लिड नायकको रुपमा डेब्यू गरेका गिरीले हरर फिल्म ‘साइना’ मा पनि मुख्य नायकको रुपमा काम गरेका थिए । ‘बजरंगी’ को छायांकन अर्को वर्षको मध्यबाट सुरु हुनेछ । उनी भन्छन्, ‘विभिन्न कारणले गर्दा अभिनयलाई निरन्तरता दिन सकेको थिइनँ । अब निरन्तर फिल्ममा काम गर्ने सोचमा छु । फिल्मलाई उत्कृष्ट बनाउन अहिले स्क्रिप्टमा मिहिनेत गरिरहेका छौं ।’

नायक गिरी अमेरिकामा ग्याँस र लिक्युड लगायतका व्यवसायमा सक्रिय रहेका छन् । केही हप्ताअघि अमेरिकाबाट नेपाल आएका उनले हालै काभ्रे पुगेर आफूले अध्यन गरेको विद्यालयलाई प्रिन्टिङ्ग लगायतका सामाग्रीसहित विद्यालय रङरोगन र सरसफाइका लागि ६० हजार नगद सहयोग गरेका छन् । उनले नेपालमा पनि पेट्रोलिय पदार्थ र रेष्टुरेन्ट व्यवसायमा ठूलो लगानी गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*