सिक्किममा मुख्यमन्त्री गोलेले बनाए ११ जनाको मन्त्री परिषद

सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष प्रेम सिंह तामाङ गोलेले सोमबार सिक्किमको छैठौं मुख्यमन्त्रीको सपथ लिएसँगै ११ सदस्यीय मन्त्री परिषद गठन गरेका छन्। सिक्किमका राज्यपाल गंगा प्रसादले आइतबार भ्रष्टाचारको मुद्दामा एक वर्ष जेल बसेर निस्केका र विधायक पनि नरहेका गोलेलाई मुख्यमन्त्रीमा सपथ गराउने स्वीकृति दिएका थिए।
सोमबार बिहान १० बजे गोलेले गान्तोकको पाल्जर रंगशालामा आफ्ना कार्यकर्ता र समर्थककाबीच मुख्यमन्त्रीको शपथ लिएका हुन्। जुन समारोह पवन चाम्लिङ नेतृत्वको विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्टले बहिस्कार गरेको छ। भ्रष्टाचारको मुद्दामा एक वर्षको जेल सजाय पाएका गोले कानुनी अड़चनका कारण चुनाउ लड्न पाएनन्। यसैले उनी निर्वाचित विधायक होइनन्। नियम अनुसार मुख्यमन्त्री कायम रहन उनले आगामी ६ महिनाभित्र विधायकमा निर्वाचित हुनपर्नेछ। मुख्यमन्त्री गोलेले ११ सदस्यीय मन्त्री परिषद पनि गठन गरेका छन्। यस्तो छ गोलेको मन्त्री परिषदः
१. प्रेमसिंह तामाङ गोले (मुख्यमन्त्री)
२. कुङ्गा निमा लेप्चा
३. सोनाम लामा
४. बेदुसिंह पन्त
५. डा मणिकुमार शर्मा
६. अरुण कुमार उप्रेती
७. साम्डुप लेप्चा
८. लोकनाथ शर्मा
९. मिङ्मा नोर्बु शेर्पा
१०. कर्मा लोडे भोटिया
११. भीमहाङ सुब्बा
१२. सञ्जीत खरेल
११ जना मन्त्रीहरूको विभाग छुट्याइएको छैन।
नेपाल खबरबाट साभार