बिहेका लागि विक्की र कटरीनाले बुक गरे ४५ होटल
बलिउडको लभ बर्डस् विक्की कौशल र कटरीना कैफ यतिबेला विवाहको तयारीमा जुटेका छन् । राजस्थानको सवाई माधोपुरमा तीन दिनसम्म चल्ने समारोहमा उनीहरु श्रीमान्(श्रीमतीको बन्धनमा बाँधिनेछन् । उनीहरुको विवाह हिन्दू रितिरिवाज अनुसार हुने भारतीय मिडियाले उल्लेख गरेका छन् । ७ डिसेम्बरमा संगीत, ८ डिसेम्बरमा मेहन्दी र ९ डिसेम्बरमा यो जोडीको विवाह हुनेछ ।
भारतीय मिडियाका अनुसार, विक्की र कटरीनाले आफ्नो विवाहमा उपस्थिति हुने पाहुनाका लागि करीब ४५ वटा होटल बुक गरेका छन् । रणथम्भोरमा साना(साना होटल भएकाले उनीहरुले ठूलो संख्यामा होटल बुक गर्नुपरेको बताइएको छ । यसका लागि यो जोडीले करोडौं रुपैयाँ खर्चिएको छ । ७ डिसेम्बरबाट सुरु हुने विवाह समारोहमा बलिउडका ठूला हस्तीहरु उपस्थित हुनेछन् ।
विक्की र कटरीनाको विवाह समारोहमा पाहुनाका लागि नो(मोबाइल पोलिसी लागू हुनेछ । अर्थात्, विवाहमा उपस्थित हुने पाहुनाले एक निर्धारित क्षेत्रमा मोबाइलको प्रयोग गर्न पाउने छैनन् । यो नियम बलिउडका हस्तीहरुलाई पनि लागू हुने बताइएको छ । तर, एउटा रोचक कुरा के छ भने अहिलेसम्म विक्की र कटरीनाले आफूहरु विवाह बन्धनमा बाँधिन लागेको जानकारी दिएका छैनन् ।