हेटौंडा उपमहानगरपालिकामा ४० प्रतिशत योजनाको संझौता

जनपत्र
१३ मंसिर २०७८, सोमबार ०८:५४

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा गर्ने विकास निर्माण लगायतका कामका योजना मध्य ४० प्रतिशत योजनाको संझौता भएर कार्यान्वयन चरणमा आएको छ । उपमहानगरपालिकाको चालु आर्थिक वर्षका लागि नगरसभाले पास गरेका १२ सय योजना मध्यमा ४० प्रतिशत योजनाको संझौता भएर कार्यान्वयनमा आएको मेयर हरि बहादुर महतले वताउनुभयो ।

विकास निर्माणका कामहरु तिब्रगतिमा गर्ने योजना अनुसार धेरै योजना संझौता गरेर काम समेत सम्पन्न भइसकेको छ । केहीले भुक्तानी समेत लगिसकेका छन् । केही योजना भने काम सकेर भुक्तानीको चरणमा गएको मेयर महतले वताउनुभयो । उपमहानगरपालिका क्षेत्रको कार्यालय भवन परिसर सुदृढीकरणको काम पनि चालु आर्थिक वर्षमा गरिएको छ ।

कार्यालयको पुराना जिर्ण भवन भत्काएर पार्किङका लागि व्यवस्था गरिएको उहाँले वताउनुभयो । उपमहानगरपालिकाका सडक फराकिला, त्यसका फुटपाथमा फूलका विरुवाले सजिएसंगै उपमहानगरपालिका कार्यालयलाई पनि सुन्दरता दिनका लागि काम भइरहेको मेयर महतले वताउनुभयो । पुराना सामानको व्यवस्थापन, नयाँ कार्यालयको प्रशासकीय भवन निर्माणको डीपीआर तयारी काम गर्न लागिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*