मुकुन्देले विवाह पक्का गरेका इन्दिरा को हुन् ?

जनपत्र
१२ मंसिर २०७८, आईतवार ०६:३२

सामाजिक सञ्जालमा नेपालका सर्वाधिक चर्चित मुकुन्द घिमिरेले विवाह पक्का गरेका छन् । उनले आज इन्दिरा संग्रौलासँग विवाह पक्का गरेका हुन् । झापा सुरङ्गाकी इन्दिरा एमए उत्तीर्ण गरेकी छिन् । उनी चितवनको मेघौलीस्थित दश जोड दुईमा अध्यापन गराउँछिन् ।

इन्दिराको मुकुन्देसँग सामाजिक सञ्जालमार्फत् नै सम्पर्क भएको बुझिएको छ । दुवैबीच कुराकानी चल्दै जाँदा इन्दिराप्रति मुकुन्दे आकर्षित भएका हुन् । मुकुन्देले नै इन्दिरालाई सिधै विवाहको प्रस्ताव राखेका थिए ।

मुकुन्देले भने, कुरो मिलिहाल्यो, परिवार दंग छन् । उनले २७ मंसिरमै विवाह गर्ने सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*