‘मिस युनिभर्स-२०२१’मा सहभागी हुन सुजिता बस्नेत इजरायल जाँदै

जनपत्र
१२ मंसिर २०७८, आईतवार ०६:२८

‘मिस युनिभर्स-२०२१’मा सहभागी हुन ‘मिस युनिभर्स नेपाल-२०२१’ सुजिता बस्नेत इजरायलको एलात जान लागेकी छिन्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै राति ११ बजे उनी इजरायलको लागि उड्नेछिन्। १३ डिसेम्बरमा इजरायलमा हुन लागेको ‘मिस युनिभर्स’को ७० ‌औँ संस्करणमा सुजिता नेपालको प्रतिनिधित्व गर्नेछिन।

उमंग क्रियशन प्रालीद्वारा आयोजित ‘मिस युनिभर्स नेपाल’ले सुजितालाई शुभकामना दिने कार्यक्रम राखेको थियो। उक्त कार्यक्रममा मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठलगायत फस्ट रनरअप निनाकान्त मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतीक्षा महरा क्षेत्रीको पनि उपस्थिति रहेको थियो। अमेरिकाको मेरील्यान्डमा जन्मेकी सुजिता गैर आवासीय नेपाली हुन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न जान पाउँदा निकै उत्साहित भएको सुजिताले बताइन्।

‘दश वर्षदेखिको सपना बल्ल पूरा भएको छ। जसकारण नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्न पाउँदा निकै उत्साहित भएकी छु। छोटो समय भएपनि तयारी भने राम्रै छ। तपाईहरुले भोट गर्नुहोला र म पनि निकै मेहेनत गरेर मिस युनिभर्सको ताज नेपाल भित्र्याउने छु,’ उनले भनिन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*