आमिर खानले केजीएफका अभिनेता यश र निर्मातासँग मागे माफी

जनपत्र
१० मंसिर २०७८, शुक्रबार ०६:२५

बलिउड उद्योगका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने सुपरस्टार आमिर खानको फिल्मको फ्यानहरू उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन् । भर्खरै आमिर खानले आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’ को रिलिज मिति घोषणा गरेका छन् ।

फिल्म अर्को वर्ष अप्रिल १४ मा रिलिज हुने तय भएको छ । यस फिल्ममा आमिरको अपोजिट अभिनेत्री करिना कपूर देखिनेछन् । यस फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् तर आमिर खानको यो फिल्मसँगै साउथ सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ पनि रिलिज हुन लागेको छ ।

अर्को वर्ष अप्रिल १४ मा बक्स अफिसमा चर्को टक्कर हुने भएको छ । एकतिर मिस्टर परफेक्शनिस्टको फिल्म ‘लाल सिंह चड्ढा’ र अर्कोतिर साउथ सुपरस्टार यशको बहुप्रतिक्षित फिल्म ‘केजीएफ २’ रिलिज हुने भएको छ ।

यही विवादका कारण आमिर खानले अ ‘केजीएफ २’का निर्माता र अभिनेता यशसँग माफी मागेका छन् । एक रिपोर्टका अनुसार आमिर खानले आफ्नो पछिल्लो अन्तर्वार्तामा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ १४ अप्रिलमा रिलिज भएकोमा ‘केजीएफ’का निर्माता र अभिनेता यशसँग माफी मागेका हुन् ।

आमिर खानले भनेका छन् (“हाम्रो फिल्म भिजुअल इफेक्टका कारण ढिलो भएको हो । हामीसँग दुईवटा विकल्प छन् या त हतारमा फिल्म रिलिज गरौँ वा गुणस्तरीय काम गरेर फिल्म रिलिज गरौँ र मलाई हतार मन पर्दैन । त्यसैले हामी दोस्रो विकल्पको साथ अगाडि आएका छौं। त्यसैले यशको ‘केजीएफ २’ रिलिज भएको दिन ‘लाल सिंह चड्डा’ रिलिज गर्न बाध्य भएका छौं ।”

अभिनेता खानले आफ्नो फिल्म अरुको फिल्मसँग कहिले रिलिज नगर्ने बताए । आमिरले आफूलाई अरुको ठाउँ लिन मन नलाग्ने बताएका छन् । यति मात्र होइन, आमिर केजीएफ हेर्न जानेबताएका छन् । आमिर खान पनि पहिलो दिन थिएटरमा यशको फिल्म ‘केजीएफ २’ हेर्न जानेछन् र यो जानकारी उनले आफैंले आफ्नो अन्तर्वार्तामा दिएका छन् ।

आमिर खानले ‘केजीएफ २’ का कलाकार र निर्मातासँग कुरा गरेको र आफ्नो निर्णयका लागि धेरै पटक माफी मागेको बताए । यससँगै उनले यशलाई अप्रिल १४ मा आफ्नो फिल्म हेर्न थिएटरमा जाने वाचा पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*