घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं

चन्द्रकुमारी व्यञ्जनकार
९ मंसिर २०७८, बिहीबार ०६:४७

आज लैंगिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान शुरुको दिन हो । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान लैंगिक हिंसा अन्त्यको लागि समर्पित एक विश्वव्यापी अभियान हो महिलाहरुको लागि विश्वव्यापी नेतृत्व केन्द्र स्तरको संयोजन हो ,यो अभियानको शुभारम्भ नोभेम्वर महिनाको २५ तारिख यो दिनमा महिला हिंसा अन्त्य गर्न मनाईने अन्तराष्ट्रिय दिवस हो र समापनको दिन भनेको डिसेम्वर १० , यो दिनमा मानवअधिकार दिवस पनि पर्दछ ।

सन् १९९१ मा सेन्टर फर ओमनस् ग्लोवल लिडरसीप को सहयोगमा विभिन्न २० देशका २३ उत्साहित महिलाहरुको एक समुहले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान शुरुवाट गर्दै यस अभियानमा जुट्न सम्पुर्ण विश्वलाई आव्हान गरेका थिए। महिला हिंसा विरुद्धको हिंसा भनेको मानव अधिकारको एक प्रमुख मुद्दा हो , यि दुइ दिनको विचको अविभेद्यय सम्वन्ध छ भन्ने विषयको सांकेतीक प्रतिकको रुपमा यि १६ दिनमा लैंगिक हिंसा विरुद्धको बिभिन्न कार्यक्रम गरेर १६ दिनसम्म अभियानको रुपमा मनाइने गरेको पाईन्छ ।

यि १६ दिन भित्र विभिन्न दिवसहरु पर्दछन् डिसेम्वर १ विश्व एड्स दिवस , डिसेम्वर ३ मा अन्तराष्ट्रिय अपाङ्ग दिवस , ५ दिसेम्वरमा अन्तरष्ट्रिय स्वयम सेबक दिबस, डिसेम्वर ६ को दिनमा क्यानाडाको मोन्टिूयल नरसंहारको वार्षिकी , १० डिसेम्वरको दिनमा अन्तराष्ट्रिय मानव दिवस जस्ता महत्वपुर्ण दिनहरु परेका छन् ।

सन् १९६० को नेभेम्वर २५ का दिन डोमिनिकन ३ सहासिक दिदी पेट्रिया,मिनर्भा र मारिया नाम गरेका दिदी वहिनीहरु तत्कालिन तानासाह सरकारको विरुद्धमा शसक्त आन्दोलन गरेका थिए । यि ३ दिदी वहिनीहरुले निक्कै यातना जेल नेल भोग्नु परेको थियो साथै २५ नोभेम्वर १९६० का दिन तानाशाह सरकारले हत्या गरेका थिए ।

त्यसैगरि १९८९ डिसेम्वर ६ का दिन मोन्टोल विश्वविद्यालयमा क्यानाडाका एक युवकले १४ जना छात्राहरुको सामुहिक हत्या गरेका थिए । यसै घटनाको सम्झना गर्दै क्यानाडाका केहि उत्साहित युवाहरुको प्रयत्नमा सन् १९९१ मा सेतो रिवन अभियानको शुरुवाट गरिएको थियो । सेतो रिबन अभियान बिशेष गरेर पुरुषहरुले म हिंसा गर्दिन म हिंसा सहन्न गरेको देखेमा प्रतिवाद गर्दछु भनि पुरुषहरुले गरेको प्रतिबद्धता मानिन्छ । महिला हिंसाको विरुद्धमा पुरुषहरुले सेतो रिवनको अंग्रेजी अक्षर  V- (Voilence) को उल्टो वनाउँदा वन्ने आकारमा लगाइने अर्थात पुरुषवर्गको प्रतिवद्धता म हिंसा गर्दिन ,म हिंसा सहन्न , र देखेमा प्रतिवाद गर्छु भन्ने प्रतिवद्धता हो ,त्यसैले लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानमा पनि सेतो रिवन अभियानको रुपमा १६ दिन सम्मै लगाउने चलन पनि प्रख्यात छ ।

१९७९ मा वनेको महिला विरुद्ध हुने सवै प्रकारको भेदभाव उन्मुलन सम्वन्धि अन्तराष्ट्रिय महासन्धि र वेजिङ्ग सम्मेलनको १२ सरोकार र अन्य महिला सम्वन्धि सन्धी महासन्धिको नेपाल पक्षधर भएकोले नेपाल सरकारले २०५४ सालदेखि बिभिन्न कार्यक्रम गरेर अभियान मानएर आएको भएता पनि २०७५ साल कार्तिक २९ गते ल्यख।द्दछतज लाई महिला हिंसा बिरद्धको दिवस मनाउने भनि नेपाल सरकारले निर्णय नै गरेको थियो।त्यसैगरि बर्ष २०७६ साल लैंगिक हिंसा बिरुद्धको अभियान बर्ष घोषणा गरेको थियो यसरी लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान वा लैङ्गिक हिंसा बिरुद्धको बर्ष २०७६ भनेर घोषणा गरेर अभियान मनाउनुको मुख्य उद्देश्य कुनै पनि महिला, बालबालकिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक कोही पनि मानव हिंसामा नपरुन, हिंसाको शिकार बन्न नपरोस, हिंसाबाट मुक्त समाज , राष्ट्र बन्न सकोस, हिंसा सहेर नबसुन, हिंसा बिरुद्ध आवाज उठाउन सकोस, प्रतिकार गर्न सकोस ।

लैंङ्गिक हिंसा अन्त्य गर्न तीनै तहको सरकार, राष्ट्रिय, अन्तराष्ट्रिय गैसस, दातृ निकाय , महिला मानव अधिकारकर्मी आदिले महिला हिंसा विरुद्ध र महिला सशक्तिकरण सम्वन्धि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

गतबिगतमा झैं प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय बागमती प्रदेशको आयोजना र बिभिन्न सामाजिक संघ संस्था महिला मानव अधिकार तथा मानव बेचबिखन बिरुद्धको सञ्जाल गैसस महासंघ पत्रबार महा संघ बागमती प्रदेश आदि संस्थाको समन्वय तथा साझेदारमा नोभेम्वर २५ देखि डिस्म्वर १० सम्म १६ दिन बिबिध कार्यक्रम गरेर मनाउने योजना बनेको छ। यो वर्षको घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं नारालाई सफल पार्न कहिं,कोहि पनि हिंसामा नपरुन, कोहिले शरिरीक मानसिक आर्थिक राजनैतिक हिंसा भोग्न नपरोस कोही पनि मानव बलात्कारवाट प्रभावित पिडीत हुन नहोस।

लेखक बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको महिला विकास अधिकृत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*