अक्षय र क्याट्रिना स्टारर् ‘सूर्यवंशी’ले १८ दिनमा कति कमायो ?
अक्षय कुमार र क्याट्रिना कैफ स्टारर् फिल्म ‘सूर्यवंशी’ले बक्स अफिसमा दबदबा कायमै राखेको छ । रिलिज भएदेखि नै कमाईको हिसाबले यो फिल्मले गति लिइरहेको छ । अब चाँडै नै यो फिल्म २०० करोडको क्लबमा सामेल हुने भएको छ ।
‘सूर्यवंशी’ रिलिजमा आएको १८औं दिनमा पनि राम्रो कमाई गरेको छ । तरण आदर्श र बक्स अफिस इन्डियाले दिएको जानकारी अनुसार फिल्मले आइतबार पनि ५ करोडभन्दा बढीको कमाई गरेको छ ।
‘सूर्यवंशी’ले आइतबार ५।३३ करोड कमाएको छ । योसँगै फिल्मको कुल कमाई १७८ करोडभन्दा माथि पुगेको छ । अब चाँडै नै अक्षय र क्याट्रिनाको यस फिल्मले २०० करोडको आँकडा पार गर्ने आँकलन गरिएको छ ।
दीपावलीको अवसर अर्थात् नोभेम्बर ५ मा ‘सूर्यवंशी’ दर्शकमाझ रिलिजमा आएको थियो । सूर्यवंशी भारतभर कुल ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ, भने विश्वभर ५२०० स्क्रिनमा रिलिज गरिएको छ । रोहित शेट्टीको निर्देशनमा तयार भएको यो फिल्ममा अक्षय र क्याट्रिनाको साथमा सिंघम अजय देवगन र सिम्बा रणवीर सिंहको अभिनय रहेको छ ।