दुर्घटनामा मृत्यु भएपछि गाडीमा आगजनी

जनपत्र
८ मंसिर २०७८, बुधबार ०६:२४

बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ । कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो ।

मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा कार्यरत प्रहरी भएको खुल्न आएको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए। बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना३६प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा२च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले जानकारी दिए । मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीयले बोलेरोमा आगजनी गरी राजमार्ग अवरुद्ध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*