दुलही बन्दै मिस नेपाल इशानी श्रेष्ठ

जनपत्र
३० कार्तिक २०७८, मंगलवार ०६:२४

मिस नेपाल-२०१३ इशानी श्रेष्ठले वैवाहिक जीवन प्रारम्भ गर्ने भएकी छिन् । उनले सोमबार साँझ काठमाडौंको ताहाचलस्थित ह्यात प्लेस काठमाडौंमा उद्यमी तथा शिक्षाविद तरुणप्रताप शाहसंग इन्गेज्मेन्ट गरेकी छिन् ।

इशानी र तरुण आगमी पुस ६ गते मंगलबार वैवाहिक जीवनमा बाँधिने छन् । इशानी सन् २०१३ को मिस वर्ल्डको टप टेनमा पुग्ने पहिलो नेपाली प्रतिस्पर्धि बन्दै नेपालका लागि पहिलो पटक ‘ब्युटी विद पर्पस’ को उपाधि समेत जितेकी थिइन् ।

इशानीले गत शुक्रवार नै फेसबुकको प्रोफाइल फोटो तथा इन्स्टाग्राममा तरुणसँगको फोटो राख्दै ‘लभ अफ माइ लाइफ’ क्याप्सन राखेकी छिन् । सोही क्याप्सनमा उनले १२।२१ अक्षरमार्फत डिसेम्बर २१ का दिन विवाह हुने जानकारी समेत दिएकी छिन् ।

उनको उक्त फोटोमा मिस नेपाल र मिस नेपालका रनर्स अपले शुभकामना व्यक्त गरेका छन् । व्यापारी तथा मिडिया उद्यमी विश्वनाथ प्रसाद शाहका छोरा तरुण शिक्षाविदको रुपमा पनि चिनिन्छन् । तरुणले सेफर्ड कलेज, ट्रिटन कलेज, शुभश्री कलेज आदि सञ्चालन गर्छन् । हल्दिराम भुजियालाई तरुणकै कम्पनीले नेपालमा वितरण गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*