‘म यस्तो गीत गाउँछु २’ आगामी माघ १९ मा रिलिज हुँदै

जनपत्र
२६ कार्तिक २०७८, शुक्रबार ०९:५२

अभिनेत्री पूजा शर्मा र अभिनेता पल शाह स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु २’ आगामी माघ १९ गते रिलिज हुने भएको छ।२०७६ साल फागुन ३० मा प्रदर्शनका लागि तयार भएको फिल्म कोभिड महामारीका कारण रिलिज हुन सकेको थिएन।

चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै यसका निर्देशक तथा निर्माता थापाले माघको १९ गतेबाट चलचित्र रिलिज हुने जानकारी दिएका हुन्। दर्शकले चलचित्रको प्रतीक्षा गरिरहेको भन्दै उनले प्रेमकथाको चलचित्रलाई प्रेम दिवसको छेको पारेर रिलिज गर्ने तयारी गरेको बताए।

‘कुनै एक चलचित्र मात्र नभई पुरै नेपाली चलचित्र क्षेत्रनै चलायमान हुनु अहिलेको आवश्यकता हो’, उनले भनेका छन्,‘ सोही उद्देश्यका साथ नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु ( २’ यही वर्षको माघ १९ अर्थात फेब्रुअरी २ मा प्रदर्शन गरिने निर्णय गरेका छौं।’ सुदर्शनका अनुसार फिल्मलाई उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र जीजीए इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

फिल्ममा दिनेश डिसी, हरिहर शर्मा, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकायालगायतको पनि अभिनय छ । सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको फिल्ममा सुदर्शन थापाकै कथा, सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*