भारतकाे राजस्थानमा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाकाे ज्यान गयाे

जनपत्र
२४ कार्तिक २०७८, बुधबार १४:२५

unn.prixa.net

काठमाण्डाै – भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ ।

बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो । घटनास्थलमै प्रहरी भएकाले छिटै उद्धार भए पनि केही मिनेटभित्रै १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनालाई भने प्रहरीले जीवितै उद्धार गरेको छ ।

बसलाई गलत दिशाबाट आएको ट्याङ्कर ट्रेलरले ठक्कर दिएको थियो । बच्न सफल एक यात्रुका अनुसार ट्याङ्कर ट्रेलरले ठक्कर दिएको केही मिनेटमै बस जलेर ध्वस्त भएको थियो ।

प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*