आधा दशकपछि राजेश हमाल ‘कमब्याक’

जनपत्र
२४ कार्तिक २०७८, बुधबार ०५:५३

‘नयाँ चलचित्र निर्माण तथा निर्देशन गर्ने’ भन्दै स्क्रिप्ट’ खोजीमा रहेका अभिनेता राजेश हमाल अन्ततः अभिनयमा फर्किएका छन् । ‘सत्यम’बाट उनले अभिनयमा ‘कमब्याक’ गरेका छन् । पछिल्लो समय उनले ‘बाग्मती’मा मुख्य भूमिका निर्वाह गरेका थिए । आधा दशकपछि बल्ल उनी अभिनयमा फर्किएका छन् ।

आधा दशकमा स्टेज कार्यक्रम, म्युजिक भिडियो र रियालिटी सोमा मात्रै उनी व्यस्त रहे । दर्शकले नयाँ फिल्ममा ‘कहिले देख्न पाइन्छ रु’ भनेर बारम्बार सोध्दै आएपछि उनी नयाँ चलचित्रमार्फत अभिनयमा फर्किएका हुन् ।

‘सत्यम्’को कार्यशाला सकेर उनी अहिले दुबई पुगेका छन् । यो चलचित्रका निर्देशक शंकर कार्कीले गर्दै छन् । कार्कीका अनुसार चलचित्र छायांकन दुई सातापछि धम्पुसबाट गरिने छ । फिल्मका लागि विशेष सेट नै तयार गरिएको छ । सोही सेटमा अभिनय कार्यशाला सम्पन्न भएको छ ।

कार्कीका अनुसार हमाल दुबईबाट फर्केर ‘सत्यम्’ छायांकनमा जोडिने भएका छन् । सो चलचित्रमा हमालसँगै पल शाह, मलिका महत, अनुपविक्रम शाही, किशन सुनार, मिलन सिजापति, अभय बराल, प्रिन्स प्रसिद्ध सिंह थापा, नेरिस्का स्थापित, सुजन परियारको मुख्य भूमिका छ ।

यो चलचित्रमा हमालको नायिकाका रूपमा मोडल निलम चन्द अनुबन्ध भएकी छन् । यसमा हलमाको दुई श्रीमती देखाइने छ । उनको अर्की नायिकाका रूपमा निरुता सिंहस“ग छलफल भइरहेको निर्देशक कार्कीको कथन छ । निरुता यसमा हमालको पूर्वपत्नीको भूमिकामा हुने छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*