‘सूर्यवंशी’ हेर्दै दीपकराज गिरीले भने : दर्शकलाई हलसम्म ल्याएको छ, सपोर्ट गरौँ

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०८:०४

बलिउड फिल्मको चर्को विरोध गर्दै आएका कलाकार एवम् निर्माता दीपकराज गिरीले आइतवार अक्षयकुमार अभिनित ‘सूर्यवंशीु हेरेका छन्। कोरोनाको दुई पटकको महामारीपछि प्रदर्शनमा आएको नेपाली चलचित्र ुडाँडाको बरपीपलु फ्लप भएपछिको निराशाबीच शुक्रबारदेखि लागेको ‘सूर्यवंशीु ले दर्शकलाई हलसम्म तानेको छ। ‘सूर्यवंशी’ ले हलसम्म दर्शकलाई तानेपछि एकजना निर्माता दीपकराज गिरी पनि हेर्न पुगेका हुन्।

फिल्मको कथावस्तु गतिलो भए दर्शकलाई हलसम्म आउन कुनै कुरा नरोक्ने पुष्टि ‘सूर्यवंशी’ ले गरेका बेला गिरीले पनि यो फिल्म हेरेका हुन्। बम
मनोज राठीले करिब एक करोड रुपैयाँमा ल्याएको उक्त फिल्मले तीन दिनमै दुई करोड बढीको व्यापार गरिसकेको बताइएको छ। कोरोना महामारी पहिले बलिउड फिल्मलाई ‘निषेध’ गर्नुपर्ने अडान लिनेमध्ये एक गिरी पनि दर्शकको भिड देखेर खुसी भएका छन्।

विदेशी फिल्मको विरोध गर्नेमा गिरी अग्रपंक्तिमा छन्। विदेशी फिल्मले नेपाली फिल्म उक्सिन नसक्ने तर्क गरिरहेक उनले सूर्यवंशीलाई सफल बनाउन भनेका छन्। ‘सूर्यवंशी’ समय। हल खचाखच छ। चलचित्र विदेशी हो। तर यो अवस्थामा दर्शक हलसम्म ल्याउने काम गरेकोले सबैले सपोर्ट गरौँ’, उनले भनेका छन्। पहिलो चरणको महामारीमा ९ महिना र दोस्रो चरणको महामारीमा साढे ५ महिना बन्द भएका हल यो दशैँपछि खुलेका थिए।

तर, दशैँयता एउटा मात्रै नेपाली फिल्म डाँडाको वरपिपलले पानी समेत पिउन सकेन। तिहारमा पनि नेपाली फिल्म लागेका छैनन्। तर गोवर्द्धन पूजाको दिनदेखि प्रदर्शनमा आएको ‘सूर्यवंशी’ले उच्च व्यापार गरिरहेको छ।

https://www.facebook.com/deepakrajgiri84/posts/4741097389287231

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*