राजेश हमालले गाए गीत, रेश्मासँग नाचे छमछमी (भिडिओ)
गीतको शिर्षक सम्बन्धित प्रश्नमा हमालले आफुलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बुढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर शेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बुढो कहिल्यै हुँदैन’, उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेर भन्दा बढि नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।
अभीनेत्री रेश्मा घिमिरेले हमालसँग काम गरिसकेपछि आफ्नो जीवन मोडिएको बताईन् । भनिन्, ‘यदि मैले उहाँको जस्तै जीवनशैलीलाई लगातार अँगाल्न सकेँ भने मैले राम्रो जीवन बाँच्नेछु’ । एक दिनमा नै आफुले हमालबाट धेरै कुरा सिकेको उनले बताईन् ।
संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफु प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनले बताए । यस अघि हमालसँग चारवटा म्यूजिक भिडियोमा काम गरिसकेका निर्देशक देवेन्द्र पाण्डेले हमाललाई यो गीतमा अरुभन्दा फरक तरिकाले अभिनय गराएको बताए ।
गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले हमालको स्वरमा रहेको गीतमा आफुले पनि गाउन पाउनु भाग्यले पाएको बताए ।
भिडियो
फिल्मीखबरबाट







