नेकपा जिल्ला कमिटी मकवानपुरका सदस्यको सफथ ग्रहण
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको जिल्ला कमिटी सदस्यहरुको आज सफथ ग्रहण गरिएको छ । नेकपा मकवानपुरको जिल्ला कमिटीमा छनौट गरिएका १ सय ४५ जना सदस्यको सफथग्रहण गरिएको हो । नेकपा प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी साक्यले जिल्ला सदस्यहरुलाई सफथ ग्रहण गराउनुभयो ।
कार्यक्रममा इन्चार्ज साक्य, नेकपाका पोलिट्ब्युरो सदस्य केदार प्रसाद न्यौपाने, नेकपाका प्रदेश ३ का अध्यक्ष नारायण प्रसाद दाहाल, प्रदेश सचिब आनन्द प्रसाद पोख्रेल, नेकपाका केन्द्रीय सदस्य तथा संघिय सांसद बिरोध खतिवडा, नेकपाका केन्द्रीय सदस्य रामेस्वर राना, कुमारी मोक्तान, नेकपाका प्रदेश कमिटीका सदस्यहरु अनन्त पौडेल, कृष्ण प्रसाद दाहाल, ओम ग्लान, प्रलाद लामिछाने, बिष्णु बिष्ट लगायतका नेताहरुको उपस्थितीमा कार्यक्रम भएको हो ।
जिल्ला कमिटी तयार भएसंगै अब स्थानीय तह र वडा स्तर सम्म पार्टी एक ढिक्का भएर अगाडी बढ्ने नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले बताउनुभयो । कार्यक्रमममा केन्द्रीय स्तरका नेताहरुले पार्टीको काम अब टोल तह सम्म पुग्नुपर्ने बताएका छन् । आज सफथ खाएसंगै गाउँ र टोल तह सम्म पार्टीलाई एक ढिक्का बनाएर पार्टीका गतिबिधिहरु बडाउने जिल्ला कमिटीका सदस्यहरुले प्रतिबद्धता ब्यक्त गरेका छन् ।