सवारी चालक अनुमतीपत्र नविकरणको काम हेटौंडाबाट सुरु

जनपत्र
८ जेष्ठ २०७६, बुधबार ११:४०

हेटौंडा । सवारी चालक अनुमतीपत्र नबिकरण गराउनका लागि बिरगन्ज र काठमाण्डौ धाउँदै आएका हेटौंडा, चितवन लगायतका जिल्लाका वासिन्दाहरुलाई अब सजिलो भएको छ । सवारी चालक अनुमती पत्रको सेवा आज प्रदेश नम्बर ३ को यातायात ब्यावस्था सेवा कार्यालय हेटौंडा ११ थानाभ¥याङबाट सुरु गरेसंगै थस सहज भएको हो ।

समार्ट कार्डको सवारी चालक अनुमती पत्रको नबिकरण गरेर आज २६ जनालाई बितरण गरेसंगै कामको सुरुवात गरिएको हो । प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा भौतिक पूर्बाधार बिकाश मन्त्री डोरमणि पौडेलले आज सेवाग्राहीका रुपमा माधब अधिकारी, रमेश कुमार उप्रेती, ऋसीराम घिमीरे लगायतकालाई सवारी चालकको नबिकरण पत्र हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरेसंगै कामको सुरुवात भयो ।

यो सेवा सुरु भएसंगै अब बिभीन्न जिल्लाका वासिन्दाहरु टाढा सम्म गएर सवारी चालक अनुमतीपत्र नबिकरण गर्नुपर्ने बाध्यता पनि हटेको छ । हेटौंडाको कार्यालयबाट नयाँ सवारी दर्ता, कर नबिकरण, सवारी पन्जीकरण, रुटपरमिट नबिकरण, जाँच पास लगायतका काम सुरु गरिएको कार्यालयका शुरेस कुमार चपाईले बताउनुभयो । आज औपचारिक कार्यक्रमको अयोजना गर्दै सवारी साधनको नबिकरणको काम पनि सुरु गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*