१७ वर्षअघि निधन भएका हरिबहादुर अझै सडक विभागमा कार्यरत!

जनपत्र
८ जेष्ठ २०७६, बुधबार ०७:०२

काठमाडौँ – कर्मचारी समायोजनका क्रममा १७ वर्षअघि नै निधन भएका एक कर्मचारी सडक विभागमा सरुवा गरिएको पाइएको छ। सडक कार्यालय दाङका अपरेटर हरिबहादुर विष्टको १७ वर्षअघि नै मृत्यु भएपनि समायोजनका क्रममा अहिले प्युठानमा सरुवा गरिएको पाइएको हो । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद देवेन्द्रराज कँडेलले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ध्यानाकर्षण गराउँदै मृत्यु भइसकेका कर्मचारीसमेत समायोजनमा परेको तथ्य आफूले थाहा पाएको बताएका हुन् ।
‘हाम्रो निजामती प्रशासन कस्तो ढङ्गले चलिरहेको छ भन्ने उदाहरणका रुपमा यो घटनालाई लिन सकिन्छ, विष्टको परिवारले राज्यबाट पाउनुपर्ने सबै सुविधा पहिले नै लिइसकेका छन्, १५ वर्षअघि बितिसकेका कर्मचारीको अहिले सरुवा भएको छ, उनले भने। जवाफमा मन्त्री पण्डितले भुल वा नाम मिलेका कारण मृत्यु भइसकेका कर्मचारीसमेत फेरि समायोजनमा परेको हुनसक्ने बताउँदै त्यसलाई सच्याउन प्रतिबद्धता जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*