सरकार दुईतिहाईको दम्भमा निरंकुश बन्दैः नेता के.सी.

नामटार, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह के.सी.ले कम्युनिष्ट सरकारले दुईतिहाईको दम्भमा देशलाई पुरानै निरंकुशतातर्फ धकेलिरहेको बताउनुभयो । कांग्रेस ४ नम्बर क्षेत्रीय समितिको आयोजनामा मंगलबार नामटारमा भएको जागरण अभियानमा बोल्दै केन्द्रीय प्रतिनिधि प्रमुख अतिथि नेता के.सी.ले अहिलेको सरकार विकास समृद्धि भन्दापनि भ्रष्टाचार, कानुन र संविधान मिच्दै एकपछि अर्को एकलौटी ढंगबाट निर्णय गर्दै हिडेकोले सरकारलाई खबरदारी गर्न र आमजनतालाई जानकारी दिन कांग्रेसले जागरण अभियान सुरु गरेको जानकारी दिनुभयो ।
हिमाल, पहाड, तराई मधेश तीनै भू-भागलाई जोड्न सक्ने एउटै पार्टी कांग्रेस भएको बताउँदै कम्युनिष्टहरु जात, धर्म, भुगोलमा राजनीति गरि तोड्ने र फुटाएर सधैं गरिवमाथि राज गर्ने मनशाय राख्ने पार्टी रहेको नेता के.सी.ले बताउनुभयो । यो सरकार भष्ट्राचार, सरकारी जग्गा, वाईडबडी काण्ड, गौरवान्वित आयोजनामा खुलेआम भ्रष्टाचारमा लिप्त, बलात्कार, जनप्रतिनिधिहरु खुलेआम लुटमा मस्त रहेको बताउँदै विश्वबाट समाप्त भएको कम्युनिष्ट नेपालबाट पनि चाँडै समाप्त हुने बताउनुभयो । वि
शिष्ट अतिथि नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कांग्रेसको आदर्श, सिद्धान्त एवं ईतिहासदेखि अहिलेसम्म गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिनुका साथै कम्युनिष्ट सरकारले गरेका भष्ट्रचार, घुसखोरी, बलमिच्याई र झुठा आश्वासनको भण्डाफोर गर्न कांग्रेस दशैभर जागरण अभियान लेर गाउँ/गाउँ हिडिरहेको बताउनुभयो । केन्द्रीय सदस्य डिनाले कांग्रेस नेतृत्वले माआदीलाई जंगलबाट संसदमा ल्याउने, संविधान निर्माण र तीनै तहको निर्वाचन गरेर महत्वपूर्ण काम गरेको बताउँदै नेतृ डिनाले कम्युनिष्ट सरकार दुईतिहाईको घमण्ड गर्दै एकपछि अर्को कानून र संविधान मिच्दै निरंकुशतातर्फ हिडेकाले अब कांग्रेस चुप लागेर नबस्ने बताउँदै कार्यकर्तालाई पनि अन्याय सहेर नवस्न अाग्रह गर्नुभयो ।
विशिष्ट अतिथि कांग्रेस मकवानपुर सभापति एवं ३ प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेसले देशैभर गरेको एकमहिने जागरण अभियानको बारेमा प्रष्ट पार्दै कांग्रेस गरिव, निमुखा, महिला, जनजातिको पक्षमा सधैँ लागिपर्ने बताउनुभयो । कांग्रेस परिवर्तनको बाहक रहेको बताउँदै नेता बानियाँले सबै राजनीतिक दललाई लोकतान्त्रिक बाटोमा ल्याउने एक मात्रै पार्टी भएको बताउनुभयो । ४ नम्बर क्षेत्रमा आफू प्रदेशसभा सदस्य भएपछि धेरै विकास निर्माणका कार्य गरिरहेको र भोलीका दिनमा पनि निरन्तर गर्ने बताउँदै नेता बानियाँले कम्युनिष्ट जस्तो काण्डैकाण्डमा फस्ने, झुटको खेति र गफ गरेर आफु कहिल्यै नबस्ने बताउनुभयो ।
कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको राष्ट्रिय जागरण अभियानमा विभिन्न पार्टी परित्याग गरि ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुले टीका लगाएर स्वागत गर्नुभएको थियो । ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेलले स्वागत गर्नुभएको जागरण अभियानमा जिल्ला कार्यसमितिका पदाधिकारीहरु एवं सदस्यहरु, पूर्व सभापतिहरु, सल्लाहकारहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु, ४ नम्बर क्षेत्रका विभिन्न तहका पार्टीका प्रतिनिधि, गाउँपालिकाका जनप्रतिनिधिहरु तथा क्रियाशिल सदस्यहरुको उपस्तिथि रहेको थियो ।