‘चुरिफुरी’ गीतमा अभिषेक र पूजाको ठुम्का

जनपत्र
९ कार्तिक २०७८, मंगलवार ०५:५७

ऋषिराज आचार्यको निर्देशन तथा निर्माणमा तयार भएको फिल्म ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘ओइ ओइ पियारी’ बोलको डन्सिङ नम्बरको गीतमा बेनिशा पौडेल र समिर आचार्यले आवाज भरेका छन् । निर्देशक आचार्य र दीपक शर्माले मिलेर लेखेको गीतमा दीपक स्वयंले संगीत भरेका छन् ।

गीतको भिडियोमा फिल्मका कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, रविन्द्र झा, सुरवीर पण्डित लगायतले नृत्य गरेका छन् । अनमोल केसीको डुब्लिकेटको रुपमा चर्चित अभिषेकले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । पूजाको पनि यो पहिलो फिल्म हो ।

राहुले राइको छायांकन रहेको फिल्ममा नविन निरौलाको सम्पादन छ । निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेको फिल्ममा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् । सोसल कमेडी जनरामा निर्माण भएको ‘चुरिफुरी’ को कथा, पटकथा र संवाद निर्देशक आचार्य स्वयंले तयार पारेका हुन् । आउँदो पुष ९ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।

बाल्यकालदेखि नै अभिनयप्रति रुची भएका अभिषेक नायकको रुपमा डेब्यू गर्दै गर्दा मनमा उत्साह र डर दुवै रहेको बताउँछन् । फिल्ममा आफूले राम्रो काम देखाउन पाएकोमा उनी खुसी देखिए । त्यस्तै, निर्देशक आचार्यले पहिलो पटक हास्य विधाका चर्चित कलाकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी महशुस भएको बताए । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने उनको दाबी छ ।

फिल्मी खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*