खाबी लेम कसरी टिकटकमा अत्यधिक चर्चित बने ?
काठमाण्डाै – खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन् । अमेरिकी नृत्याङ्गना चार्ली डी अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ ।
खाबी लेमकाे टिकटक खातालाई ९० करोडभन्दा बढी व्यक्तिले फलो गर्छन् र त्यसमा उनले एक अर्ब ३० करोड लाइक पाएका छन् । कैयौँ व्यक्तिहरूले लेमले अमेलियोलाई पनि उछिन्न सक्ने अनुमान गरेका छन् ।
अमेलियो टिकटकमा एक अर्ब फलोअर पुर्याउने पहिलो व्यक्ति हुन् । अहिले उनको एक अर्ब २० करोडभन्दा बढी फलोअर छन् । खाबी लेम पश्चिम अफ्रिकाको सेनगलमा जन्मिएका हुन् । २१ वर्षीय लेमको अहिले इटलीमा बसाेबास रहेको छ । एक कारखानामा मजदुरका रूपमा काम गर्ने लेमले कोभिड–१९ महामारीका कारण जागिर गुमाएपछि मार्च २०२० मा टिकटक चलाउन सुरु गरेका थिए।
लेमले अन्य मानिसले गरेको कुनै कार्यलाई तुलना गर्दै यस कार्यलाई कसरी सहजै गराउने भन्ने विषयलाई जोडेर आफ्नाे भिडियो देखाउने गरेका छन् । सजिलाे कामलाई मानिसहरूले विना कारण जटिल बनाएका छन् भनेर लेमले देखाउने गरेका छन् । तर भिडिओमा उनी बोल्दैनन् ।
उनको अनुहारको नाटकीय भावलाई देखेर मानिसहरूले रमाइलो मान्छन् अनि त्यो रमाइलो भएको कुरा थाहा पाउन कुनै भाषा जान्नुपर्दैन भन्ने पनि उनको भिडियोबाट झल्किन्छ ।