यसकारण संजीव कुमारले जीवनभर बिहे गरेनन्
बलिउडका दिग्गज कलाकार संजीव कुमार आज यो दुनियाँमा छैनन् तर उनको किस्सा आज पनि याद गरिन्छ । कमेडीदेखि रोमान्टिक, एक्सनदेखि गम्भीर हरेक प्रकारका भूमिकामा उनी फिट मानिन्थे । पर्दामा उनको अभिनय देखेर हरकोही उनका फ्यान हुन्थे । आफ्नो मुस्कानले युवतीहरुलाई दिवाना नै बनाएका थिए । आफ्नो करिअरमा उनले कयौं सफल फिल्म दिएका छन् ।
अभिनेत्री अन्जू महेन्द्रले एक अन्तर्वार्तांमा खुलासा गरेकी थिइन् कि संजीव कुमारलाई सधैं युवतीहरुले घेरेर राख्थे । कोही उनलाई लञ्चको बट्टा दिएर आफ्नो बनाउने सोच्थे भने कोही उनको प्रेममा पागल भएका थिए । तर, संजीवले जीवनभर विवाह गरेनन् । जो युवती उनको नजिक हुन्थे तब अरु मानिसहरुले उनलाई ‘युवतीहरु तिम्रो पैसालाई मात्र प्रेम गर्छन्’ भनेर भड्काउने गरेका थिए ।
अन्जू महेन्द्रले एक अन्तर्वार्तामा भनेकी छन्, ‘जब संजीवको नाम कुनै युवतीसँग जोडिन्थ्यो तब उनलाई नजिकका व्यक्तिहरुले ‘यो केटी तेरो पैसाको पछाडि परेकी छे’ भनेर भड्काउने गर्थे र उनी पनि यो कुरालाई मान्थे । मैले उसलाई भन्ने गर्थे, ‘हरी तिमी पागल भएको छौ कि के हो रु तिमी आफूले आफैंलाई जज गर्न सक्दैनौ रु तिमी सधैं यही कुरा सोच्छौ भने तिम्रो विवाह कहिल्यै हुँदैन ।’
उनले अगाडि भनेकी थिइन्, ‘मलाई थाहा छैन कि संजीव युवतीसँग प्रेम पर्थे वा युवतीहरु उनको प्रेममा पर्थे तर उनको आसपास सधैं युवतीहरु हुने गर्थे । ऊ निकै प्यारो र मिलनसार व्यक्ति थियो । युवतीहरु उसको दिल जित्न सधैं लागीपरेका हुन्थे । तर, संजीव आफैं यो मान्न थालिसकेका थिए कि सबै युवतीहरु उनको पैसाको पछाडि परेका छन् र अन्तिममा न ऊसँग घर रह्यो न श्रीमती ।’
संजीव कुमारलाई हेमा मालिनी निकै मन पर्थ्यो । उनी हेमालाई निकै प्रेम गर्थे तर धर्मेंद्रले हेमालाई प्रेम प्रस्ताव राखिसकेका थिए र हेमा पनि धर्मेंद्रलाई प्रेम गर्थिन् । संजीवको नाम सुलक्षणासँग पनि जोडियो तर उनले सुलक्षणासँग बिहे गरेनन् । संजीवझैँ सुलक्षणा पनि जीवनभरी कुमारी रहिन् । संजीव कुमारको निधन सन् १९८४ मा ४७ वर्षको उमेरमा हार्ट अट्याकका कारण भएको थियो । फिल्मीखबरबाट







