युनाको फिल्ममा फर्किने इच्छा

जनपत्र
६ कार्तिक २०७८, शनिबार ०६:१७

डेढ दशक अगाडिको सुपरहिट फिल्म ‘पर्खि बसेँ’ बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरेकी युना उप्रेती त्यसपछि करीब ७ वर्षसम्म अभिनयमै सक्रिय रहिन् । पहिलो फिल्मको सफलतापछि उनलाई फिल्मको कमी नै भएन । यो बीचमा उनले ‘हिम्मत २, चन्द्रावती, सम्झिदिए पुग्छ, दिलमा सजाएँ तिमीलाई, फ्ल्यासब्याक, लावारिस’ लगायतका फिल्ममा आफ्नो अभिनय देखाइन् ।

तर, ‘पर्खि बसेँ’ र ‘हिम्मत २’ पछिका फिल्मले उनलाई सफलताको सुख दिन सकेन । जसले गर्दा उनी आफ्नो प्रोफेसन बदल्ने निर्णयमा पुगिन् र २०१४ ताका एक कार्यक्रममा सहभागी हुनका लागि अमेरिका उडिन् । यसको केही समयमा उनले अमेरिकामै बसोबास गर्ने विकास अधिकारीसँग लगनगाँठो कसिन् । त्यसबेलादेखि उनले आफ्नो फिल्मी करिअरको किताब खोलेकी छैनन् ।

२०१८ मा छोरी ९साइरा० लाई जन्म दिएकी युना लामो समयको अन्तरालपछि दशैं मनाउने गरी नेपाल आएकी छन् । उनी आउँदो डिसेम्बरसम्म नेपालमै बस्ने योजनामा छिन् । नेपाल बसाईको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले फिल्ममा फर्किने इच्छा व्यक्त गरेकी छन् । आफू डिसेम्बरसम्म नेपाल बस्ने र यो बीचमा फिल्मबाट प्रस्ताव आएको अवस्थामा काम गर्ने उनको भनाई छ ।

उनले एक अन्तर्वार्तामा ‘पर्खी बसेँ’ मा आफू जोडिनुको किस्सा पनि सुनाएकी छन् । उनले भनेकी छन्, ‘खासमा मैले फिल्म ‘कुशुमे रुमाल २’ का लागि भनेर आफ्नो फोटोसहितको डकुमेन्ट बुझाएको थिएँ । तर, त्यो फिल्म तत्काल नबन्ने भएपछि मेरो डकुमेन्ट्री गोपीकृष्ण मुभिजले बनाउने अर्को फिल्म ९पर्खि बसेँ० का लागि पुग्यो । यो फिल्ममा म अडिसनबाट पास भएर भित्रिएको थिएँ ।’

गोपीकृष्ण मुभिजले डेढ दशकपछि ‘पर्खि बसेँ’ को नाम सापटी लिँदै सिक्वेल निर्माण गर्दैछ । फिल्मको अफर पल शाहदेखि मलिका महतसम्मलाई पुगेको छ । यतिबेला युना पनि लामो छुट्टी लिएर अमेरिकाबाट नेपाल आएकी छन् । यो फिल्मबाट अफर आएको खण्डमा र भूमिका मन परे आफू गेस्ट अपिरियन्स ९अतिथी भूमिका० का लागि पनि तयार रहेको उनले बताएकी छन् ।

धेरै कमलाई थाहा हुनसक्छ युना गायिका पनि हुन् । उनले आफू अभिनीत फिल्म ‘हिम्मत २’ को ‘म तिमीलाई माया गर्छु’ गीतमा आवाज दिएकी छन् । तर, अमेरिका बस्न थालेपछि उनले अभिनयसँँगै गायनलाई निरन्तरता दिन सकेकी छैनन् । केही समयदेखि उनको नयाँ गीत रेकर्ड गर्ने विषयमा कुराकानी भइरहेको छ । उनी आफ्नो आवाजमा चाँडै नयाँ गीत रेकर्ड हुनेमा विश्वस्त छिन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*