अरु कलाकारले छाडेको फिल्म खेलेर सुपरस्टार बनेका शाहरुख

जनपत्र
३ कार्तिक २०७८, बुधबार ०५:५४

भारतीय फिल्मका सर्वाधिक सफल नायक हुन्, शाहरुख खान । उनले ९० को दशकको आफ्नो करिअर सुरु गरेका थिए । त्यसबेला बलिउडमा केही यस्ता फिल्महरु बनिरहेका थिए, जुन नाम चलेका कलाकारहरुले साइन गरिरहेका थिएनन् । उनीहरुले छाडेको फिल्ममा नयाँ कलाकारले काम गर्ने अवसर पाउँदथे । यिनै छाडेका फिल्म गरेर सुपरस्टार बनेका हुन्, शाहरुख खान ।

यी हुन् शाहरुख खानलाई सुपरस्टार बनाएका फिल्म :
दीवाना
९० को दशकमा आएको फिल्म ‘दीवाना’ शाहरुख खानको पहिलो सुपरहिट फिल्म थियो । तर, यो फिल्म सबैभन्दा पहिला सनी देओललाई अफर गरिएको थियो । तर, उनले काम गर्न अस्वीकार गरेपछि फिल्ममा शाहरुख खानको इन्ट्री भएको थियो ।

डर
निर्देशक तथा निर्माता यश चोपडाले आफ्नो फिल्म ‘डर’ मा सबैभन्दा पहिला आमिर खानलाई साइन गर्न चाहेका थिए । तर, नेगेटिभ भूमिकाका कारण उनले काम गर्ने इच्छा नदेखाएपछि फिल्ममा शाहरुख खानको प्रवेश भएको थियो ।

बाजीगर
शाहरुख खानको करिअरको सबैभन्दा सफल फिल्ममध्ये एक हो, ‘बाजीगर’ । यसमा उनको अभिनयको निकै प्रशंसा भएको थियो । तर, ‘बाजीगर’ का लागि शाहरुख पहिलो रोजाई भने थिएनन् । फिल्मका लागि सलमान खान पहिलो रोजाई थिए । तर, उनले नेगेटिभ भूमिकाका कारण काम गर्न नचाहेपछि यो फिल्म शाहरुख खानको पोल्टामा परेको थियो ।

करण अर्जुन
फिल्म ‘करण अर्जुन’ का लागि सनी देओल र अजय देवगन पहिलो च्वाइस थिए । उनीहरुले फिल्ममा काम गर्ने सहमति पनि जनाएका थिए । तर, अन्तिम समयमा फिल्मबाट हात झिकेपछि फिल्ममा शाहरुख खान र सलमान खानलाई साइन गरिएको थियो ।

चक दे इन्डिया
यशराज ब्यानरमा बनेको फिल्म ‘चक दे इन्डिया’ पहिला सलमान खानलाई अफर गरिएको थियो । तर, उनलाई स्क्रिप्ट खासै चित्त बुझेन । यसपछि निर्माताले शाहरुख खानलाई फिल्ममा साइन गराएका थिए । पछि यो फिल्म ब्लकबस्टर सावित भएको थियो । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*