कर्णालीलाई नजिकबाट नियाल्दा

विष्णु ओझा
१ कार्तिक २०७८, सोमबार ०८:०४

पृष्ठभूमि

नेपालको संविधानले विविधता भित्र एकता खोज्न र जोड्न विभेद रहित सामाजिक न्याय प्रणालीमा लैजान समावेशी नेपालको परिकल्पना गरेको छ । आज नेपाल समावेशीको मार्गमा हिड्ने प्रयत्न गर्दैछ । नेपाल सबै जातजाती र भाषा भाषीहरूको साझा फुलवारी हो । नेपाल बहुूभाषा, बहुजाती, बहुधार्मिक र बहुसाँस्कृतिक भएको देश हो । हिमाल, पहाड र तराईमा बसोवास गर्ने नेपालीहरूको भेषभुुषा, भाषा र संस्कृति फरक छ । तर बेरोजगारी, अशिक्षा विभेद, असमानता, भोकमरी गरिबी सबैले आफ्ना ठाउँहरुवाट भोगी रहेका छन् ।

जाती, भाषा, धर्म र संस्कृति फरक छन् तर भोगाई कथा र व्यथा भने समान छन् । मुुलुकको समावेशी र दिगो विकासका लक्षका प्रमुुख परिणाम प्राप्तिका लागि बल पुुर्याउन सामाजिक सुुरक्षाले महत्वपुुर्ण योगदान गर्न सक्छ । राज्यले सामाजिक न्यायको शिद्धान्तका आधारमा वितरण प्रणालीलाई परिवर्तन गर्न आवश्यक छ । मानवजातिको उत्पत्ति र विकासक्रमले निकै लामो समय लिएको छ । उक्त सवाल आज पनि खोजमुलक र अनुसन्धानमा नै केन्द्रित छ ।

आदिम कालमा जातीय, बर्गिय र लैगिंक कुनै पनि प्रकारको असमानता थिएन । कर्णाली तथा विकट भुुगोलमा बसोवास गर्ने नेपालीहरू आज सम्म पनि राज्यवाट पाउने सेवा सुविधाबाट बन्चित नै छन् । कर्णाली वा विकट भुुगोलमा जन्मनुु अपराध होइन । राज्यको सेवा सुविधावाट वन्चितीमा परेर गरीब हुुनुु दुुख पाउनुु चाहि अभिसाप हो । जहाँ गरिबी, अभाव र भोकमरी छ सबै भन्दा पहिला राज्यको उपस्थिति त्यो ठाउँमा हुुनुु पर्दछ । जहाँ भुुगोलका हिसावले विकट छ त्याहा राज्यको योजना र बजेट पुुग्नुु पर्दछ । न्युुनतम मानव अधिकारवाट समेत पछाडी छ कर्णाली । स्वास्थ्य, शिक्षा, खाने पानी, यातायातबाट अहिले पनि बन्चित छ कर्णाली । असम्भव भन्ने केहि पनि छैन भन्ने कुुरा विश्वले प्रमाणित गरेर देखाइसकेको छ ।

कर्णालीलाई नजिकवाट नियाल्दा ः कर्णालीसंग संग के छैन ? कर्णालीलाई भित्रबाट नियाल्दा अत्यन्त बहुमूल्य तत्व र मनोरम दृश्यहरूले सजीएको छ । कर्णालीसंग खसआर्यको इतिहास छ । हामीले बोल्ने चलन चल्तिको खस भाषाको उद्गम स्थल छ । मूगुको सदरमूकाम गमगडीको सिरमा प्रकृतिको काखमा विश्वका पर्यटकहरूको प्रतिक्षामा अविचल भएर मूस्कुराई रहेकी प्रसिद्ध रारा छ । राराको जति चर्चा गर्दा पनि थोरै हुन्छ । राराले कर्णाली मात्र होइन नेपाल चिनाएको छ । प्राकृतिक रूपमा अत्यन्त सुन्दर र मनमोहक डाडा पाखा छ । निकै महङ्गो यार्सागुम्बा छ । महत्वपुर्ण जडिवुटीहरूको भण्डार छ ।

चर्चित मार्सीधान फल्छ, मिठो आलुु, ओखर र स्याउ फल्छ यातायात मात्र सहज हुुने हो भने पैसा नै पैसा फल्छ कर्णालीमा । कर्णाली सधै जडिबुटी हालेको चिया पिउछ । कर्णाली जति दुखमा पनि दुुख देखाउदैन, जे फल्छ त्यहि खान्छ खुसी देखाउछ दुुख देखाउदैन । प्राय हिउँ परिरहने यो ठाउँमा विहान धारामा पानी झरेको जस्तो त देखिन्छ तर धारालाई नताए सम्म पानी आउदैन । हिँउको चिसो मौसम, जुम्लाको सदरमुकाम समथर भाग विचमा तिला दायाँवायाँ थाली जस्ता खेतका फाँटहरू जतिहेर्दा पनि आँखा नै अघाउदैन । द्धन्द्धकालको दर्दनाक र वियोगान्त खलङ्गाको हमलाको घाउको खाटा अझै बसेको छैन । जुुम्ला जाँदा देख्न सकिन्छ एकातर्फ बगिरहेकी तिला नदी, अर्को साइडमा गलैचा ओछ्यए जस्ता डाडा यो सुन्दरताले सायद सबैको मन लोभ्याउछ । खसहरुको ऐतिहासिक स्थल र खस भाषाको उदय भएको जुम्लास्थित सिञ्जा खस जातीको राजधानीको इतिहास छ ।

खसभाषा हज्जारौ बर्ष पस्चात विकसित र परिमार्जन गर्दै अहिले चलन चल्तिको नेपाली राष्टिय भाषा बनेको छ । खसजातीको सरकारी पद, दर्जा, तिनका थर समेत कर्णालीका गाउँका नामहरूबाट उत्पत्ति भएको पाइन्छ । खसहरूले लामो समय सम्म सत्ताको बागडोर सम्भालेता पनि खसआर्यको एउटा संग्राहलय समेत वन्न सकेको छैन । नेपालको पहाडी भागहरू खस जातिको मातृभुमिको रूपमा रहेको विगत छ । पछिल्ला चरणमा खसहरू नेपालको सबै जिल्ला हिमाल, पहाड र तराइ सबै ठाँउमा बसोवास गर्दै आएको देखिन्छ ।

अविस्मरणीय कर्णाली यात्रा ः यात्रा २०७६ साल मंसिरको हो निलो कलरमा आवाज विना नै लगातार बगीरहेकी कर्णालीलाई दैलेख देखि नै हामीवाट ओझेल पर्दिन अविरल बगिरहेकी हुन्छिन् । यस्ले हाम्रो यात्रालाई आनन्द दिन्थ्यो त कहिले डर पनि दिन्थ्यो । मध्यपहाडी लोकमार्गको राकम कर्णालीको शहर बसाउने बृहत विकासको योजना पनि बाटैमा भेटियो । बन्दैछ भन्दा अत्यन्त खुसी लाग्यो मनमा जिज्ञासा र डर पनि त्यति नै थियो ।

छिटो बन्दा त कर्णाली बासीका लागि ठुलो राहत मिल्छ तर नेपालको ढिलासुस्तिको रोगका कारण चिन्ता पनि लाग्यो । बगिरहेकी कर्णाली ओझेल पर्नासाथ जुम्लाबाट झरेको तिला नदिको किनारले हामीलाई छोड्दैन । कालिकोटको सदरमुकाम मान्मा हुदै नेपाली सेनाले ज्यान हत्केलामा राखेर पहरा खोपेर बनाएको बाटो हुँदै ज्यानलाई उच्च जोखिममा राखेर हिड्नुको विकल्प थिएन । सागुरो सडक कहिले खाल्टोमा कहिले धुलोमा गाडी नै पुरिन्छ जस्तो हुन्छ । जडिबुटी हालेको मिठो चियाको चुस्की लिदै चिसोले बल्लबल्ल हातमुख पखाल्यो झोला बोक्यो हिड्यो ।

पाखाहरूमा बादल देखेपछि अव हिउ पर्छ भनेर जान्नु पर्ने रहेछ । कहिले कहिले त हिन्दा हिन्दै हिउले बाटैमा गाडी छोडेरै बास खोज्नु पर्ने अवस्था समेत आउने रहेछ । हाम्रो यात्रा पनि झण्डै त्यस्तै भएको थियो । गमगढीबाट यात्रा प्रस्थान गर्दा मौसम सफा थियो । अब हिँउ पर्छ भनेको सुने पछि हामी खुसी भयौँ किनकी हामी हिँउको प्रतिक्षामा पनि थियौ । गमगडी छोड्नासाथ हिउँले बाटो नै सेताम्य बनायो हामी खुसीले उफ्रीन थाल्यौ । घामलाग्दा लाग्दै पनि हिँउ परेको दृश्यले हामीलाई निकै खुसी बनायो ।

भेटघाट र औपचारिक कार्यक्रम पस्चात हिँउको आशा करिव करिव मरिसकेको थियो । फर्कदाको हाम्रो यात्रा सोचे भन्दा रमाइलो भयो । चालक भाई आत्तिएका थिए हिँ्उले गाडी हिडन् सक्दैन छिटो गरौंन भन्दै थियो । तर हाम्रो मनले किन मान्थ्यो मानेन हिउले सेतै भएका सडकमा गाडी रोक्दै हिउ खेल्दै अगाडी बड्यौ । मुगु आसपासका जिल्लाहरूमा हिउ परेपछि महिनौ दिन सम्म घरवाट मान्छेहरू वाहिर निस्कन नसक्ने घरभित्र आगो तापेर वस्नु पर्ने भएकाले दाउरा र खाने कुराको जोहो चाहि पहिले नै गर्नु पर्ने रहेछ । गाडीको यात्रा जोखिमपुर्ण थियो तर स्थानीय समुदायसंग भेट्रदै कथा व्यथा सुन्दै छलफल गर्दै जाँदा त्यो कष्ट्र नभोगेता पनि नजिकवाट महशुुस गर्न सकियो । जति नै गारो जोखिम भए पनि गुडेर जाँदा केहि मात्रमा कर्णालीको दुुख देख्न् सकिन्छ । यात्रा पनि रमाइलो र फलदायी हुुने रहेछ ।

सुर्खेतवाट अर्को गाडी रिजव गर्यौ चालक भाईले जोखिम र लामो यात्रालाई सहज वनाइ दिएका थिए । मुसुमूसु हास्दै कर्णाली बासीको अत्यन्त कष्टकर जीवन कथा पनि सुन्यौ र यात्रालाई उपलव्धिमूलक बनाइ दिएकोमा चालक भाईलाई केहि पुस्कार स्वरूप पैसा र धन्यवाद दियौ । हाम्रो गाडी कहिले टोपी खस्ने पहाडमा ठोकिन खोज्छ, कहिले तलको निलो डरलाग्दो नदितर्फ खस्लाखस्ला जस्तो हुदै यात्रा सकिन्छ । जे होस यात्रा सम्झन लायक थियो । कर्णालीको कथा र व्यथा नजिकवाट नियाल्न सक्यौ यहि अनुभवका लागि हामीले जोखिम उठाएर पनि गाडीको यात्रा रोजेका थियौ । टोपी खस्ने बादर लड्ने ठाडो भिरमा घाँस, दाउरा, खर काट्दा वस्तुभाउ चराउदा गाइवाख्रा मात्र होइन कैयौ मान्छेहरु समेत लडेर मर्ने रहेछ ।

कर्णालीले यस्तो जोखिम पुर्ण र महङ्गो यात्रा कहिले सम्म गर्नुु पला ? जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे सामाजिक संन्जालमा भाइरल भएको देखेको थिए वास्तविकता पनि त्यही रहेछ । सकारात्मक सोच राख्ने सरल लाग्यो, जुम्लिसंग पनि मिल्न सक्ने सबैले पढ्न जान्दैनन भनेर नागरिक बडापत्रलाई अडियो मार्फत सुुचनाको सेवा दिएको रहेछ । मातृसेवाको सुविधा पनि गरेको रहेछ । सबैको प्यारो मान्छे भएर बसेको देखियो । चन्दनाथ नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै जिल्ला वाहिर भएकाले भेट्न सकिएन । दुवै महिला नै हुनुहुदो रहेछ खुसी त लाग्यो तर के के गर्दैछ भनेर बुझ्न खोज्दा पाउन सकेनौ । कालिकोटको सदरमुकाम मान्मामा प्राय २ वजे पस्चात जनप्रतिनिधि र कार्यालय प्रमुखहरू भेटघाट गर्न नसक्ने रहेछ ।

सामाजिक समावेशीकरणको आवस्यकता ः नेपालमा दशौं पञ्चवर्षीय योजना देखि लैंगिक समानता र सामाजिक समावेशीकरण अवधारणालाई स्थान दिदै आएको थियो । २०६३ को सविधानले पनि विद्यमान बर्गिय, जातिय, क्षेत्रीय र लैंगिक विभेद समाधानका लाागि समावेशीकरणको विषयलाई वहसको रूपमा अगाडी ल्यायो र लैंगिक उत्तरदायी बजेटको सुरूवात गर्यो । संस्थागत रूपमा संबिधानको भाग २७ अन्तरगत विभिन्न संबैधानिक आयोगहरूको स्थापना भएको छ ।

आर्थिक, सामाजिक, भौतिक, राजनैतिक, एवंम प्रशासनिक दृष्टिकोणले पछाडी परेका खसआर्य, पिछडावर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, महिला, जनजाती, दलित, अल्पसंख्याक, सीमान्तकृत कर्णाली एवंम आर्थिक रुपले पछाडी परेका समुदायलाई नीति निर्णय एवं कार्यान्वयन गर्ने प्रकृयामा सहभागिता गराउनु नै समावेशीकरण हो । समावेशीकरणले पछाडी परेका समुदायलाई राज्य संञ्चालनको हरेक तहमा सहभागिता गराउनु पर्छ भन्ने मान्यता राख्छ ।

नेपालको १५ औं योजनाको आधार पत्रमा सामाजिक क्षेत्र अन्तरगत पछाडी परेका मानव विकास सुचाकांकमा पछाडी परेका समुदायको सशक्तिकरण गर्दै विकासको मूलप्रवाहमा ल्याई पूर्णसमावेशी समतामूलक समाजको निर्माण खोज्छ । राष्ट्रिय समावेशी आयोग एक संवैधानिक आयोग हो । यो आयोगले सरकारलाई समावेशीता कार्यान्वयन गर्न कानुनी अधिकार कार्यन्वयनको अवस्था अनुगमन, अध्ययन र अनुशन्धान गर्छ जस्का आधारमा नेपाल सरकारलाई आयोगले आवस्यक सिफारिस वा सुझाव दिने अधिकार राख्दछ । सरकारले त्यस्तो सिफारिस कार्यान्वयन गर्नुु पर्दछ । निष्कर्ष अन्तमा ः कर्णालीलाई मार्सिधान, आलु, ओखर, श्याउ, फापर, कोदो, गहु, कागुनो, सिमी, कागुनो र जडिवुटी खेतीलाई आधुुनिकिकरण गर्दै बजारीकरण गर्न सकिन्छ ।

महगो ढुवानीमा चामल पठाउनु भन्दा कृषि प्रबृधि लगेर आत्मनिर्भर बनाउन तर्फ लागौं । अलपत्र परेका सडक र पुलहरू छिटो भन्दा छिटो वनाउ र उत्पादनलाई बजारीकरण गरौं । अहिले त बाटो होइन गोरेटो छ, खुुकुुरीको धारमा यात्रा गर्नुु पर्छ । कर्णालीको उत्पादन बहुमुल्य सामानहरु सहज रुपमा बजार लैजाउं कृषकलाई राहत मिल्छ । भ्रष्टहरुका लागि दण्ड सजाँय कठोर भन्दा कठोर वनाई इमान्दार व्यपारी र ठेकदारहरूको मनोबल बढाउन प्रोत्साहन गरौं, भ्रष्टाचार गर्नु भनेको जनता र देशप्रति गद्धारी गर्नु हो भन्न् मान्यता इस्थापित गरौं । कर्णालीलाई मात्र होइन सिगों देशलाई नै समृद्धि बनाउने अथाह श्रोत र साधन छन् । एक जिल्ला एक आवाशिय विद्यालय वनाएर प्रयाप्त पारिश्रमिक दिदा गुुणस्थरीय शिक्षा दिन सकिन्छ ।

छिमेकी देशले पहाड खोपेर ठुला बाटो, महल सुरूङ खनका छन । असम्भव केहि छैन, । वत्तिका पोल मात्र गाडिएको छ तर कर्णाली आज पनि अन्धकारमा छ । रारा जाने बाटो र रारा परिसर सुन्दर वनाउन सक्दा प्रयाप्त मात्रामा पर्यटन भित्रिन्छ राम्रो आम्दानी गर्न सक्छ । लेकका स्याउ र आलुलाई व्यवशायी बनाउने र संकलन केन्द्र बनाउने, उक्त स्थान सम्म गाडी जाने बाटो बनाउन सकिन्छ । भिरालो जमिनमा छरिएर रहेका घरहरू स्कुल, स्वस्थ्य चौकी, पानि वत्ति सहितको सुविधाजनक एकिकृत जनता बस्ति सरकारले बनाउन सक्छ । स्याउ र ओखरले प्रसिद्ध छ सडक सुविधा राम्रो हुदा उत्पादनलाई बजार सम्म लैजादा किसानहरु उत्पादनसंग जोडिन्छन् यसले आर्थिक समृद्धिलाई ठुुलो टेवा दिनेछ ।

जनजीवनलाई सहज बनाउन समृद्धिसंग जोड्न सकिन्छ, सुर्खेत कर्णाली प्रवेश गर्ने मुुल ढोका हो । कर्णालीको समृद्धिले नेपाल कै समृद्धि बन्ने कुरामा दुई मत छैन । यस्तो लाग्छ वर्षौ बर्ष देखि कर्णालीमा सरकारको उपस्थिति नै छैन । कर्णालीका नाममा भएका दर्जनौ परियोजना र बजेट कर्णाली नै नपुुगेको गुुनासो पनि छ । फराकिलो र बलियो सडक, पानी, शिक्षा, उर्जा जलविद्युत प्राथमिकतामा राख्न प्रदेश सरकारको अर्थपुुर्ण उपस्थिति अपरहिार्य भएको छ । कर्णालीका जनताको आर्थिक समृद्धि नगरी समावेशीता नै कार्यान्वयन हुुदैन ।

लेखक राष्ट्रिय समावेशी आयोगको सदस्य हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*