‘डाँडाको वरपीपल’ गीतमा रुविनासँग रोमान्टिक सलोन

जनपत्र
२२ आश्विन २०७८, शुक्रबार ०५:५६

यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक भएको छ । रोमान्टिक थिमको गीतमा सुगम पोखरेल र गायिका जिना रसाइलीको स्वर, नवराज गिरीको शब्द, एलिस कार्कीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत र रुविना थापा रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ । नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

शोभित बस्नेत निर्देशित यो फिल्मलाई तिहारको समयमा ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । शिव श्रेष्ठ र गौरी मल्लले २० वर्षपछि र भुवन केसी र शिव श्रेष्ठले १६ वर्षपछि एकसाथ काम गरेकाले ‘डाँडाको वरपीपल’ दर्शकमाझ प्रतिक्षीत बनेको छ । फिल्ममा शिव र गौरी श्रीमान्(श्रीमतीको भूमिका रहेका छन् । फिल्मको ट्रेलर यसै हप्ता सार्वजनिक भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*