अभिनेत्री साम्राज्ञीको पहिलो म्युजिक भिडियो सार्वजनिक

जनपत्र
२१ आश्विन २०७८, बिहीबार ०६:०८

नेपाली चलचित्रका चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘माया पिरेम’ बोलको गीतमा साम्राज्ञीसँगै भिडियोमा देलविस दर्शनधारी, अलिसा र राज रोहन तुम्बाहाम्फेको अभिनय रहेको छ।

भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्। ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त गीतलाई चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा भरेका छन्।

डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। माइकल चन्दको गीतमा कोरियोग्राफी रहेको छ। भिडियोलाई ट्री इन्टरटेन्मेन्टको अफिसियल यु—ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*