शाहरुखका छोराले बयानमा भने- ‘बुबासँग भेट्न पनि अपोइन्टमेन्ट लिनुपर्छ’

जनपत्र
२० आश्विन २०७८, बुधबार ०६:४८

आइतवार मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक रेब पार्टीमा छापा मार्ने क्रममा पक्राउ परेका बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ७ अक्टोबरसम्म नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB) को हिरासतमा रहनेछन् । सोमवार एनसिबीसँगको सोधपुछमा आर्यनले पिताको व्यस्त सेड्युलका कारण उनीसँग भेट्न म्यानेजर पूजासँग अपोइन्टमेन्ट लिनुपर्ने खुलासा गरेका छन् ।

शाहरुख खान अहिले आफ्नो केही नयाँ प्रोजेक्टमा काम गरिरहेका छन् । जसका कारण उनको सेड्युल एकदमै टाइट हुने गरेको छ । यस्तोमा उनलाई भेट्न सन्तानले पनि म्यानेजरसँँग भनेर अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ । आर्यनले एनसिबीसँगको बयानको क्रममा आफूले विदेशबाट फिल्ममेकिङ कोर्स गरेको पनि बताएका छन् । २३ वर्षिय उनी शाहरुख खानका पहिलो सन्तान हुन् ।

लागू औषध मुद्दामा पक्राउ परेका आर्यनसहित ८ जनामाथि एनसीबीले ड्रग्स खरिद, बिक्री र प्रयोग गरेको आरोप लगाएको छ । नारकोटिक्स ब्यूरोले आइतवार मारेको छापाबाट १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो । आर्यनले रेब पार्टीमा आफूले ड्रग्स सेवन गरेको स्वीकार गरे पनि ड्रग्स किनेको कुरा भने नकारेको बताइएको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*