यस्तो बन्यो भुवन केसी र शिव श्रेष्ठको फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर
फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर सार्वजनिक गरिएको छ । दशैँको अवसर पारेर २६ असोजदेखि प्रदर्शन हुन लागेको यस फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो। शोभित बस्नेतको निर्देशनमा बनेको फिल्ममा अन्तरजातीय प्रेम र विवाहका कारण सम्बन्धमा आउने समस्या देखाइएको छ ।
फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, रुबिना थापा, गौरी मल्ल, विनोद न्यौपाने, सलोन बस्नेतलगायतका कलाकारले अभिनय हेको छ । फिल्म तिहारपछि ओटीटी प्लेटफर्ममा प्रदर्शनमा आउनेछ ।







