अभिनयमा राजेन्द्र खड्गीको कमब्याक

जनपत्र
१७ आश्विन २०७८, आईतवार ०७:५८

एक समय हरेक एक्सन फिल्ममा राजेन्द्र खड्गी अनिवार्य हुन्थे । भिलेनको भूमिकामा उनी निर्विकल्प झैँ थिए । हरेक निर्मातारनिर्देशकको पहिलो रोजाइ नै उनी हुन्थे । भिलेन बन्न उनलाई अभिनयसँगै बाहिरी आवरणले पनि उतिक्कै साथ दिएको थियो । यसैले त उनले डेढ दशक भिलेनको रुपमा एकछत्र राज गरे । उनले आफ्नो करिअरमा ३ सय ज्यादा फिल्ममा काम गरेका छन् ।

२०७४ सालमा मानव ओसारपसार तथा वेचविखनको आरोपमा पक्राउ समेत परेका उनी आजभोली यूट्युबमा उत्तेजक अभिव्यक्ति ९प्रायः फोकटका० दिएर चर्चामा आउने गरेका छन् । तर, उनलाई दर्शकले फिल्ममा भिलेनको भूमिकामा देख्न नपाएको भने वर्षौं भइसकेको छ । विगत ८ वर्षदेखि फिल्मबाट टाढा रहेका खड्गीले फिल्म ‘चोर र पुलिस’ बाट अभिनयमा पुनरागमन गरेका छन् ।

शुक्रवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा राजेन्द्र खड्गीलाई एक्सन गर्दै गरेको देख्न सकिन्छ । कात्तिक १७ गतेदेखि प्रर्शनमा आउन लागेको यो फिल्ममा धिरेन शाक्य, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रबि गिरी, सोभित बस्नेत ,रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राया, सुलेमान शंकर ‘इकु’, लगायतका कलाकारहरुको पनि अभिनय छ ।

आरएल मोक्तानको निर्देशन रहेको यस फिल्मको निर्मातामा आर सोनाम मोक्तान र लंका माया मोक्तान छन् । आरआर फिल्मस्ले वितरण गर्ने फिल्मको सह(निर्मातामा करणबहादुर बिष्ट, कार्यकारी निर्माता जीवन लाम र प्रस्तुतकर्ता खड्क लामा छन् । फिल्ममा रामेश्वर हुमागाईको छायांकन, बिकास चौधरीको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन र राजु किराँतीको द्वन्द्व निर्देशन छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*