हेटौंडामा हुने राष्ट्रपति रनिङशिल्ड जेष्ठ अन्तिम साता

जनपत्र
२ जेष्ठ २०७६, बिहीबार १७:१२

हेटौडा । मकवानपुर जिल्लाको नवौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता जेष्ठको अन्तिम साता हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरमा वसेको वैठकले जिल्ला स्तरिय प्रतियोगिता जेठ ३० गतेबाट सन्चालन गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिएका छन् ।

जिल्ला समन्वय समिति रघुनाथ खुलालको अध्यक्षतामा वसेको प्रतियोगिता निर्देशक समितिको वैठकले स्थानिय तह स्तरीय छनौट जेठको २५ गते भित्र गरि सक्न पनि अनुरोध गरेको छ । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कव्वडी,सितेरियो कराते, तेक्वान्दो र उसुका खेलहरु सन्चालन गरिने समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिनु भएको छ ।

अघिल्ला वर्षहरुका हुने निर्वाचन क्षेत्र स्तरिय छनौटलाई यस पटक देखि स्थानिय तहका प्रमुखको अध्यक्षतामा छनौट गरिने निर्देशिकाले व्यवस्था गरेको छ । मकवानपुरका बकैया गाउँपालिकाले छनौट गरि सकेका छन भने वागमती र गढी गाउँपालिकाले निर्णय गरि सकेको जानकारी आएको प्रमुख दाहालले वताएका छन् । स्थानिय तहबाट छनोट भएका खेलाडी जिल्ला हुदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि हुनपाउने व्यवस्था गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*