संवादविहीन ‘रुदाने’ टिजर
‘थाहा’ आन्दोलका प्रणेता स्वं। रुपचन्द्र विष्ट ‘रुदाने’ को जीवनीमा आधारित भएर निर्माण भएको फिल्म ‘रुदाने स् विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक भएको छ । २ मिनेट ३३ सेकेण्ड लामो टिजरमा रुपचन्द्र विष्टको चरित्र(चित्रण गरिएको छ । टिजर संवादविहीन छ । फिल्ममा दिव्य देवले रुपचन्द्रको भूमिका निभाएका छन् । यो फिल्म चार वर्ष अगाडि नै निर्माण भएको थियो ।
अमित किशोर सुवेदी र विकास ढकालको लेखन तथा निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ, रवि गिरि, सुभाष गजुरेल, अमर सुवेदी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा जागृत रायमाझी कार्यकारी निर्माता र भानुभक्त थापा सह(निर्माता छन् । शान्ता राओको छायांकन, निमेश श्रेष्ठको सम्पादन र जेसन कुँवरको संगीत रहेको फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छैन ।
को हुन् ‘रुदाने’ रु
बाबु पदमबहादुर विष्ट र आमा चित्रकुमारीको कोखबाट वि।स। १९९० पौष २६ मा मकवानपुरमा जन्मिएका उनी चेतना फैलाउने जनबादी नेता थिए । उनले ०२९ र ३० सालतिर ‘थाहा’ आन्दोलन सुरू गरेका थिए । उनी चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्म ‘थाहा’ लेख्दै हिँड्थे । उनी २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य समेत भएका थिए ।
उनले तीन दशक ‘थाहा’ आन्दोलनको नेतृत्व गरे । यस आन्दोलनको उद्देश्य थियो, ‘चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।’ जीवनको उतार्धमा उनले सहयोगीहरुलाई आफ्नो मृत शरीरमा अविर-माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न भनेका थिए । उनको मृत्यु २०५६ असार ७ गते भएको थियो । फिल्मीखबरबाट
टिजर हेर्नुहोस् :







