दुई देशको संस्कृतिमा अधारित भोजपुरी फिल्म बन्दै

जनपत्र
१४ आश्विन २०७८, बिहीबार ०६:२०

भारत र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई जोडेर ‘बिहार से काठमाडौं’ नामक भोजपुरी फिल्म निर्माण गर्न लागिएको छ। असुतोष फिल्म प्रोडक्शनले निर्माण गर्न लागेको भोजपुरी फिल्म ‘बिहार से काठमाडौं’ को सुटिङ् बिहीबारदेखी वीरगन्जबाट सुरु हुन लागेको हो।

दत्त पौडेल निर्देशक रहेको यो फिल्म ८० लाखदेखि एक करोडको लागतमा बन्‍ने अनुमान गरिएको छ। वीरगन्जका व्यापारी नबिन अग्रवाल र नेपाली कांग्रेसकी नेतृ किरण सरकार निर्माता रहेको यो फिल्ममा नायकको भूमिकामा परदेशी साह र नायिकाको भूमिकामा एलिना बासकोटा रहेकी छन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको हलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंको छोरी मधेशको बुहारी बनेर आउँदा फरक फरक भाषा, संस्कृतिको असर फिल्म मार्फत देखाइने बताइएको छ। दुई देशको सम्बन्धलाई जोडेर बनाइएको यो फिल्मले नेपाल(भारतको ुबेटी रोटीको सम्बन्धुलाई काठमाडौंसम्म पुर्‍याइ समाजमा सकारात्मक सन्देश दिने निर्माताको दाबी छ।

पत्रकार सम्मेलनमा बोल्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले दुई देशबीचको सम्बन्धलाई अझै बलियो पार्दै यस फिल्मले सानो कलाकारहरुलाई पनि ठाउँ दिइ अगाडि बढाउने कार्यमा सहयोग गर्न आग्रह गरेका थिए।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले भोजपुरी फिल्ममा अश्लिलताको बढ्दो विकृतिलाई ध्यानमा राखी घरपरिवारका सबै सदस्य एकै साथ बसेर देख्‍न सकिने खालको फिल्म बनाउन आग्रह गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*