प्रिती आले भन्दैछिन आलुजस्तो केटा चाहिदैन हाम्लाई (भिडियो सहित)

जनपत्र
१४ आश्विन २०७८, बिहीबार ०६:०६

गायक दुर्गेश थापाले केही महिना अघि आफ्नो स्वरमा नयाँ गीत ‘आलुजस्तो गायक’ बजारमा ल्याएका थिए । उनलाई धेरैले आलुजस्तो गायक भनेपछि यही शीर्षकमा उनले गीत ल्याएका थिए । यस्तै, आरोप खेपेकी गायिका प्रीति आलेले पनि यतिबेला आलुजस्तो केटी गीत बजारमा ल्याएकी छन् । विद्रोही गायिकाको परिचय बनाएकी उनले गीतमा पनि विद्रोह नै पोखेकी छन् ।

गायिका प्रीतिले गत महिना तिजमा रक शैलीको तीज गीत ल्याउँदा निकै विरोध सहनुप(यो । उनको गीतलाई पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बन्देजको घोषणा गरेको थियो । हुन त प्रीतिले लोक दोहोरी रक गीतको विरोध धेरै भएपछि यसअघि त्यस विरोधविरुद्ध भुत्रो माया जाल‘ गीत बजारमा ल्याएकी थिइन् । त्यो गीत ल्याउँदा उनी निकै विवादमा थिइन् । तर, उनले त्यो विरोधलाई बेवास्ता गरिन् । यतिबेला उनले आलुजस्तो केटी गीत ल्याउँदा यस्तै आरोप खेप्नुपरेको छ । यो गीत सुनेर कतिपयले नेपाली लोकदोहोरी भाकालाई बिगारेको आरोप लगाएका छन् ।

यो गीतबारे गायिका प्रीतिले भनिन्, ‘लोक गीत सुन्ने दर्शकका लागि केही नयाँ हुन सक्छ तर लोकगीत भनेर नबुझिदिनुहोला । कतिपय लोक पप गीतलाई पनि लोक दोहोरी गायिकाले के गीत गाएको भनेर विरोध गर्नुभएको छ ।’ आपूmलाई सबै किसिमको गीत गाउन मन पर्ने भएकाले यो विद्रोह शैलीको गीत ल्याएको उनले बताइन् । प्रीतिको भनाइमा यो नृत्य प्रधान गीत हो । गीतबाट कहिले काहीँ विद्रोह पनि गर्नुपर्ने उनको धारणा छ ।

गायिका प्रीतिलाई अघिल्लो गीत भुत्रो माया जाल‘मा गायक पवन रानाले साथ दिएका थिए । यसपटक आलुजस्तो केटीमा पनि उनलाई पवनले नै साथ दिएका छन् । पवन भने पनि यसलाई प्रयोगवादी गीतका रूपमा व्याख्या गर्छन् । यस्तो गीत निकाल्नुको कारणबारे सञ्चारकर्मीसँग प्रितीले भनिन्, ‘केटा र केटीबीचको संवाद हुने समयमा रिसाउन प्रयोग गर्ने शब्द हो, आलुजस्तो केटी । आलु भन्ने शब्द नराम्रो होइन’ प्रितीले एक प्रकारका दर्शकको चाहनाअनुसार यस्तो गीत बनाएको स्पष्ट पारेकी छन् ।

गीतको भिडियोमा पवन र प्रीतीले पनि अभिनय गरेका छन् । भिडियोमा ‘द नेक्स्ट’ गु्रपका प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । यस्तै, उनीहरूसँगै भिडियोमा रञ्जन पाण्डे र अलिसा शर्माको पनि अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*