मनहरीमा सडक नाटक, सुरक्षित बसाईसारई तथा मानव वेचविखन रोकथाम

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ३ मा सडक नाटक प्रदर्शन गरिएको छ । नारी सीप सृजना केन्द्र नेपालको आयोजनामा सुरक्षित बसाईसराई तथा मानव बेचविखन विरुद्ध सम्वन्धि सडक नाटकको माध्याम बाट जनचेतना जगाउने उदेस्यले कार्यक्रम गरिएको हो । असुरक्षित बसाईसराइले गर्दा मानव बेचविखनको भयाबह स्थिति देखा परिरहेको अवस्थामा नारी सीप सृजना केन्द्रले मकवानपुरमा मानब बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्धन परियोजना अन्र्तगत यो सडक नाटक प्रस्तुत गरिएको हो ।
मनहरि गाउपालिका वडा नं ३ का अध्यक्ष मानवहादुर स्याङ्खतानको अध्यक्षतामा सम्पन्न भएको नाटक कार्यक्रममा मनहरि गाउपालिका उपाध्यक्ष मनिला विष्ठको प्रमुख आतिथ्यता रहेको थियो । वैशाख २९गते हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा पनि यो नाटक प्रस्तुत गरियको थियो भने मनहरि गाउपालिकाको वडा नं ४ मा वैशाख २७ गते यो नाटक मञ्चन गरियको थियो ।
कार्यक्रममा मनहरि गउपालिकाका उपाध्यक्ष मनिला विष्ठले जनचेतनामुलक कार्यक्रमले आम जनमानसमा सकरात्मक परिवर्तन ल्याउने कुरा वताउनुभयो । कार्यक्रममा माईती नेपालका माया लामा, जिल्ला प्रहरी कार्यलयमका प्रहरी निरिक्षक सूरेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो । विभिन्न जनचेतनामुलक कार्यक्रम द्धारा सुरक्षित बसाइसराइ लाई प्रर्वद्धन गर्दै मानव बेचविखन लाई नियन्त्रण गर्दै जाने कुरा कार्यक्रका फिल्ड संयोजक उर्मिलागोलेले जानकारी दिनु भयो । परियोजनाले समेटिएको आफ्नो कार्य क्षेत्र हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्र भित्र विभिन्न समयमा यस्ता नाटकहरु तथा अन्य जनचेतनाका कार्यक्रमहरु सञ्चालन हुदै जानेछन् ।