जमानतमा छुटे शिल्पा शेट्टीका श्रीमान्
पोर्नोग्राफी मामलामा जेल जीवन विताइरहेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई ६० दिनपछि जमानत मिलेको छ । मुम्बई कोर्टले उनको जमानत निवेदनमा निर्णय गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो । विजनेशम्यान कुन्द्रा ५० हजार धरौटी तिरेर छुटेका हुन् । उनले अश्लील ९पोर्न० फिल्म भारतमै बनाएर विदेशको सःशुल्क एपमा रिलिज गरेको आरोप छ ।
प्रहरीले पक्राउ गरेपछि राज कुन्द्राले १८ सेप्टेम्बरमा अदालतमा जमानतका लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलको माध्यमबाट दिएको निवेदनमाथि सोमवार सुनवाइ भएको हो । निवेदनमा कुन्द्राले भनेका थिए, ‘मलाई बलिको बोको बनाइयो । केसमा प्रस्तुत गरिएको अरोप पत्रमा कथित आपत्तिजनक फिल्म बनाउन मेरो हात छ भन्ने कुनै प्रमाण छैन ।’
पोर्नोग्राफी मुद्धामा मुम्बई क्राइम ब्रान्चका अधिकारीले केही समय अगाडि सप्लिमेन्ट्री चार्जसिट अदालतमा दर्ता गरेको थियो । चार्जसिट करीब १४ सय ६७ पान्नाको थियो भने ४३ जना साक्षीको बयान समावेश थियो । तर, उक्त चार्जसिटमा राज कुन्द्राले अश्लिल फिल्म बनाएर अपलोड गर्ने गरेको प्रमाण नभएको राजका वकिल प्रशान्त पाटिलले भारतीय मिडियासँग बताएका छन् ।
राजको मुद्धामा मुम्बई क्राइम ब्रान्चले अभिनेत्री शिल्पा शेट्टीसँग पनि बयान लिएको थियो । उनले पतिको कम्पनी आर्म्सप्राइम मिडियाले सर्ट भिडियो बनाउने गरेको भए पनि अश्लिल फिल्म निर्माणको बारेमा केही जानकारी नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘म आफ्नै काममा व्यस्त हुन्थेँ र पतिसँग के गर्दै हुनुहुन्छ भनेर सोध्ने गर्दिन थिएँ । यसबारेमा मलाई केही थाहा छैन ।’ फिल्मीखबरबाट







