एकै मण्डपमा चन्दुले गरे दुई प्रेमिकासँग विवाह !

जनपत्र
२५ भाद्र २०७८, शुक्रबार ०६:५०

विवाहका सन्दर्भमा बेला बेला नयाँ नयाँ रोचक कुराहरु सार्वजनिक भइरहेको छन् । माया यस्तो चिज हो युवा वा युवतीेले आफूले मन पराएको मानिसलाई अरुले मन पराएको देख्न सक्दैन ।

तर, भारतको छत्तिसगढको बस्तर भन्ने ठाउँमा एक अनौठो घटना भएको छ । जुन दृश्यले मायाको परिभाषा नै बदलिएको छ । एक युवकले २ प्रेमिका युवतीसँग एउटै मण्डपमा विवाह गरे । तर युवतीहरुमा एक आपसमा आक्रोस देखिदैन् । अहिले ३ जनाले एकसाथ जिन्दगी बिताउन थालेको समाचारहरुमा बताइएको छ ।

युवकको नाम चन्दु हो । उनी ३ वर्ष पहिले युवक तोकापाल इलाकामन बिजुलीको पोल लगाउन गएका थिए । सोही क्रममा २१ वर्षीया युवती कश्यपसँग भेट भयो । दुईबीच मित्रता हुँदै पछि मायामा परिणत भयो । उनीहरु मायामा परेको करिब १ वर्ष पछि समय अर्कैतिर मोडियो ।

युवकको फेरी अर्की युवती २० वर्षीया हसीना बघेलसँग भेट भयोे । हसिनाले पनि युवकलाई भविष्यको पार्टनर देख्न थालिन् । चन्दु उनीसँग नजिकिदै गए । युवकले हसिनाको बारेमा बताए तर उनले सहजै स्विकार गरिन् । दुई प्रेमिकालाई धोका दिन नचाहेपछि उनले भेट गराउने योजना बनाए । भेटमा सबै कुराको जानकारी दिए । यो सबै थाहा पाएर दुई प्रेमिका खासै दुखी नै भएनन् । उनीहरु दुवैले चन्दुसँग विवाह गर्न चाहेका थिए । दुवै युवती युवकको घरमा विवाह पहिल्यै पुगे ।

अहिले गाउँ समाजले विरोध गर्दा गर्दै पनि समाजकै अगाडी उनीहरुले विवाह गरेका छन् । समाजका मानिसहरुले आर्शिवाद दिएर नयाँ जीवनको कामना गरेका छन् ।

एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*