नेपाली फिल्म ‘चिठ्ठी’ मा अभिनेता श्रीदेव भट्टराई

जनपत्र
२५ भाद्र २०७८, शुक्रबार ०६:२१

निर्देशक माधव राज खरेलको निर्देशनमा तयार हुने नयाँ नेपाली फिल्म ‘चिठ्ठी’ मा अभिनेता श्रीदेव भट्टराई विशेष भूमिकामा अनुबन्ध भएका छन् । यो फिल्मको निर्माण कमला जोशी तथा राजन थापाले गर्दैछन् ।

पिम नेपालको ब्यानरमा बन्ने यो फिल्ममा भट्टराईसहित सञ्जित भण्डारी, गोपाल ढकाल, खड्गबहादुर पुनमगर खबपु, मोहन निरौला, मुस्कान लामा, कन्चन चालिसे,नबराज थापा आदि कलाकारहरुले पनि अभिनय गर्दैछन् ।

कमेडी जनारामा निर्माण हुन लागेको यो फिल्ममा सस्पेन्स तथा थ्रीलरसमेत रहने निर्देशक खरेलको भनाइ छ । निकट भविष्यमै छायांकनमा जाने यो फिल्ममा शान्तिप्रिय काष्टिङ निर्देशकको रुपमा रहेका छन् ।

फिल्मको छायांकन जीतव पराजुलीले गर्दैछन् भने यसमा किरण दाहालको द्वन्द रहने छ । यो फिल्मको छायांकन काठमाडौं उपत्यका तथा काभ्रे जिल्लाका विभिन्न लोकेशनमा गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*