भारतीय क्रिकेटर शिखर धवनको सम्बन्धविच्छेद!

जनपत्र
२३ भाद्र २०७८, बुधबार ०६:१८

भारतीय क्रिकेटर शिखर धवन र पत्नी आयशा मुखर्जीको सम्बन्धविच्छेद भएको छ । नौ वर्ष अघि विवाह गरेका यी दुईले केही दिनअघि मात्र छुट्टिने निर्णय गरेका हुन् । क्रिकेटर शिखर धवनले त यसबारे केही जानकारी अहिलेसम्म दिएका छैनन् । तर, उनकी पूर्वपत्नी आयशाले इन्स्टाग्राममा एउटा भावुक पोस्ट लेखेकी छिन् ।

धवन र आयशाको नौ वर्षअघि विवाह भएको थियो । यी दुईबाट एक छोरा पनि जन्मिएका छन् । धवन र आयशाको भेट फेसबुकको माध्यमबाट भएको थियो । यी दुईलाई भेटाउन भारतका अर्का क्रिकेटर हरभजन सिंहको विशेष भूमिका रहेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*