उपचार गराउन तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता हट्दै

जनपत्र
२८ बैशाख २०७६, शनिबार १५:१७

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडानम्बर १ नकौली, घ्याङसिङटारको बिचमा पर्ने सन्चमायाँको डाँडामा स्वास्थ्यचौकि निर्माणको काम सुरु गरिएको छ । नगरक्षेत्रमा भएपनि स्वास्थ्य सेवा लिनका लागि तीन घण्टा पैदल हिडेर हेटौंडा अस्पताल सम्म आउनुपर्ने बाध्यता भोग्दै आएका यहाँका वासिन्दाहरुको समस्यालाई मध्यनजर गरेर स्वास्थ्यचौकि निर्माण गर्न लागिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको ४८ लाख रुपैयाँ र स्थानीय उपभोक्ताको १२ लाख रुपैयाँ गरी ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यचौकि निर्माण गर्न लागिएको हो । स्वास्थ्य चौकि भवन सिलान्याश कार्यक्रमका प्रमुख अतिथी तथा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उप मेयर मिना लामा, हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले संयुक्त रुपमा सिलान्याश गर्नुभयो ।

मेयर महतले स्वास्थ्य शिक्षा, सडकलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । पछी थपएिका वडाका नागरिकलाई स्वास्थ्य उपचार गर्नका लागि समेत समस्या नहोस भन्ने उदेस्यले स्वास्थ्यचौकी निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । केही महिना भित्रमानै स्वास्थयचौकि भवन निर्माण गरिसक्ने तयारीका साथ काम अगाडि बढेको छ ।

स्वास्थयचौकि समेत यस क्षेत्रमा नहुँदा सामान्य चोटपट, ज्वरो आउँदा समेत तीन घण्टाको पैदल हिडेर अस्पताल सम्म आउनुपर्ने बाध्यता थियो । अब यो समस्या हट्ने बताइएको छ । शहरी स्वास्थय कार्यक्रम अन्तरगत उपमहानगरपालिकाले स्वास्थयकर्मीको समेत ब्यावस्ता गर्ने छ । अझ गर्भवती चेकचाँच, सुत्केरी गराउनका लागि अस्पतालमा आउनुपर्दा धेरैनै समस्या बेहोर्नुपरेको र अब यो समस्या बिस्तारै समाधान हुने वडाअध्यक्ष न्यौपानेले बताउनुभयो । नेकपा मकवानपुरका नेता तथा पुर्ब एमालेका मकवानपुर सचिब एकालाल श्रेष्ठ, वडा सदस्यहरु, वडाका नागरिकहरु लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*