नागार्जुन : दुई बिहे, तब्बूसँग अफेयर र ८ सय करोडको सम्पत्ति

जनपत्र
१४ भाद्र २०७८, सोमबार ०५:५६

साउथका सुपरस्टार नागार्जुन अक्किनेनी आइतवारबाट ६१ वर्षका भएका छन् । २९ अगस्ट १९५९ मा जन्मिएका उनले बलिउड फिल्ममा समेत काम गरेका छन् । १९८६ मा आएको फिल्म ‘विक्रम’ बाट साउथ फिल्म इन्डस्ट्रीमा डेब्यू गरेका उनले बलिउडमा भने फिल्म ‘शिवा’ ९१९९०० बाट आफ्नो यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ९० बढी फिल्ममा अभिनय गरिसकेका छन् ।

दुई विवाह गरेका नागार्जुनको पहिलो श्रीमतीको नाम लक्ष्मी दग्गुबती ९१९८४ मा विवाह भएर १९९० मा डिभोर्स भएको थियो० र दोस्रो श्रीमतीको नाम अमाला हो । एक समय उनी बलिउड अभिनेत्री तब्बूको प्रेममा थिए । पछि उनीहरुले यो सम्बन्धको भविष्य नदेखेपछि अलग भएका थिए । ‘आविदा मां आविदे, निन्ने पेल्लाडता’ लगायतका फिल्ममा उनीहरुले एकसाथ काम गरेका थिए ।

नागार्जुन ८ सय करोडको सम्पत्तिका मालिक हुन् । उनीसँग हैदराबादको जुबली हिल्समा करीब ४० करोडको एक आलिसान घर छ । उनी अन्नपूर्णा स्टूडियो प्रोडक्सन कम्पनीका मालिक पनि हुन् । यो स्टूडियो ७ एकडमा फैलिएको छ । योसँगै उनी अन्नपूर्णा इन्टरनेशनल स्कूल अफ फिल्म एन्ड मिडियाको अध्यक्ष हुन् । उनले हैदराबादमा केही रेस्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् ।

फिल्मी फेमिलीसँग सम्बन्ध राख्ने नागार्जुनले आफ्नो करिअरको सुरुवात बाल कलाकारको रुपमा गरेका थिए । उनले १९६७ मा आएको फिल्म ‘सुदिगुंदालु’ बाट बाल कलाकारको रुपमा डेब्यू गरेका थिए । यसमा उनका पिता मुख्य भूमिकामा थिए । १९८६ मा लिड नायकको रुपमा डेब्यू गरेका उनले आफ्नो करिअरमा कयौं उत्कृष्ट फिल्ममा अभिनय गरेका छन् । उनका दुई छोरा छन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*