शिल्पा र अकेशासँग रोमान्टिक बने ब्यास बिस्सु

जनपत्र
१३ भाद्र २०७८, आईतवार ०८:२२

नेपाल र अमेरिकामा छायांकन भएको फिल्म ‘लाइफ इन एलए’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । शनिवार निर्माण टिमले सार्वजनिक गरेको दुईवटा पोस्टर रोमान्टिक थिममा तयार पारिएको छ । पहिलो पोस्टरमा नव(अभिनेता ब्यास बिस्सुलाई अभिनेत्री शिल्पा मास्केसँग रोमान्टिक अवतारमा देख्न सकिन्छ भने दोस्रो पोस्टरमा उनको अंगालोमा अभिनेत्री अकेशा विष्ट छिन् ।

फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको पोस्टरले प्रस्ट्याउँछ । निर्माण टिमले सोमवार ९पर्सी० फिल्ममा समावेश पहिलो गीत ‘पागल प्रेमी’ सार्वजनिक गर्दैछ । हाल पोस्ट प्रोडक्सनको काम भइरहेको फिल्मको ७५ प्रतिशत अमेरिका र २५ प्रतिशत नेपालमा छायांकन भएको हो । अमेरिकामा बस्ने नेपालीको सफलताको कथा भन्ने फिल्मलाई सूर्य एन श्रेष्ठले निर्देशन गरेका हुन् ।

फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकका साथै अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको पनि अभिनय छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत छ । त्यस्तै, फिल्मको एसोसिएट निर्देशक दीपक ओली हुन् । उनले ‘पण्डित बाजेको लौरी, कृष्ण लीला’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । सरकारले सिनेमा हल खोल्न अनुमति दिएको खण्डमा आउँदो दशैंमा फिल्म प्रदर्शनमा आउनेछ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*