राष्ट्रिपति रनिङशिल्ड खेलकुदको स्थानिय तह छनौट सुरु

जनपत्र
२७ बैशाख २०७६, शुक्रबार १८:५७

मकवानपुर जिल्लाको नर्वौ राष्ट्रपति रनिङशिल्ड खेलकुद अन्तर्गत स्थानिय तह स्तरिय छनौठ सुरु भएको छ । बकैया गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड खेलकुदको छनौट आज वाट सुरु गरेको हो । छनौट प्रतियोगिताको गाउँपालिका अध्यक्ष दामोदर खनालले गर्नुभएको हो । कार्यक्रम संयोजक भरत सापकोटाको अध्यक्षतामा भएको उद्घाटनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराज, विभिन्न विद्यालयको प्रधानअध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता थियो । दुई दिन सम्म हुने छनौटमा बकैया गाउँपालिका भित्र रहेका सवै दश वटै माध्यमिक विद्यालयले सभागिता जनाएको प्रतियोगिता संयोजक भरत सापकोटाले जानकारी दिएका छन् । छनौटमा १०६ जना छात्रा तथा २०५ जना छात्र खेलाडीहरु भलिवल,एथलेटिक्स, कव्वडी र सितेरियो कराते खेलमा छनौट हुने जनाईएको छ । निर्वाचन क्षेत्रीय छनौट र जिल्ला प्रतियोगिता हुदै प्रदेश र राष्ट्रिय प्रतियोगिता आयोजना हुदै आएको यो प्रतियोगिता यस पटक देखि स्थानिय स्तरबाटै छनौट गर्ने व्यवस्था भएको खेलकुद विकास समितिका प्रमुख दाहालले जानकारी दिएका छन् । अव स्थानिय तह,जिल्ला,प्रदेश हुदै राष्ट्रिय प्रतियोगितामा खेलाडीहरुले खेल्नु पर्ने छ । प्रतियोगितामा जनक मावि भीरकोट,मेहेन्द्रमावि छतिवन,वुृद्ध मावि हात्तिसुढे,प्रभात मावि श्रीपुर,कर्मप्राप्ती कर्मचुली, कालिका मावि धियाल,बाघ वैरव मावि र कालिदेवी मावि शिखरपुर प्रसिद्ध मावि मंथली र कान्ति मावि ठिंगन सहभागि भएका बकैया गाउपालिका अध्यक्ष दामोदर खनालले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*