रुपन्देही उद्योग संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत

जनपत्र
२७ बैशाख २०७६, शुक्रबार १८:५५

मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार रुपन्देही उद्योग संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत गरेको छ । संघले भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम अयोजना गरेको हो । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा ३२ सदस्यीय भ्रमण टोली हेटौंडा आएका हुन् । संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, कोषाध्यक्ष अनिल अग्रवाल, कार्यसमिति सदस्यहरु विष्णु खनाल, नीलम वैद्य, माधव ज्ञवाली, कुल प्रसाद चौलागाई, रुपकराज दहाल, वालकुमार मल्ललगायतको उपस्थिति रहेको थियो ।
कार्यवाहक अध्यक्ष न्यौपानेले मकवानपुर जिल्लामा आर्थिक सामाजिक विकासमा संघले खेलेको भूमिका सहित संघको गतिविधि बारे जानकारी गराएका थिए भने रुपन्देही उद्योग संघका अध्यक्ष अधिकारीले आफ्नो संघले गरेको गतिविधिहरु बारे चर्चा गरेका थिए । सोही सन्दर्भमा उहाले आफ्नो ५ नम्बर प्रदेशमा बुटवल र नेपालगंज गरी दुई स्थानमा औद्योगिक क्ष्ँेत्र भएपनि थप उद्योगहरु स्थापना गर्न जमिन अभाव रहेको बताएका छन् । त्यसैगरी मुटु सम्बन्धी उपचारको लागि अस्पताल संचालनको पहल गरेको बताएका छन् । गौतम बुद्धको जन्मस्थल रुपन्देहीनै भएकोले पर्यटनको राम्रो सम्भावना रहेको उहाको भनाई थियो । नाकाबन्दीको समयमा सुनौली नाकाबाट सामान आयात गर्न स्थानीय अन्य संघसंस्थासंग समेत सहकार्य गरी सहजिकरण गरेकोले उक्त नाका तत्कालिन समयमा देशकै लागि सहज नाका बन्न सकेको पनि उहा“ले बताए । रुपन्देहीका स्थानीय निकायहरुले आफूहरु संगपनि सहकार्य गरी कामकारवाही गरिरहेकोले राम्रो सम्बन्ध रहेको उहा“ले बताएका छन् ।
कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट त्यसैगरी रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष ईन्जिनियर प्रधुम्नलाल श्रेष्ठ र महेन्द्र नारायण श्रेष्ठद्धयले पनि मन्तव्य राखेका थिए ।
शुक्रबारनै भ्रमणटोली मकवानपुर जिल्लाको थाहानगरको मनोरम दृश्यावलोकन गर्नेगरी उत्तरी क्षेत्र तर्फ प्रस्थान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*