हेटौंडाका किशोरीलाई बालयौन दुरब्याबहार सम्बन्धी सचेतना

जनपत्र
२७ बैशाख २०७६, शुक्रबार १७:१०

हेटौंडा / हेटौंडा ५ पिप्लेमा रहेको बालज्वती माध्यमिक बिद्यालयका छात्राहरुका लागि बालयौन दुरब्याबहार बिरुद्ध सचेतना गराइएको छ । जिल्ला स्काउट कार्यसमिति मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बालयौन दुरब्याबहारका सम्बन्धमा सचेतना गराइएको हो ।

कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कुनैपनि खालका दुरब्याबहार नसहनका लागि छात्राहरुलाई आग्रह गर्नुभयो ।
पहिलेदेखिनै दुरब्याबहार सहने गरेको भएपनि अब नसहनका लागि आग्रह गर्नुभयो ।

कोही ब्यक्ति, साथीभाई शिक्षकबाट कुनैखालका दुरब्याबहार भएमा अभिभाबकलाई खबर गर्नुपर्ने उहाँको भनाई छ । हेटौंडा उपमहनागरपालिकाको सहयोगमा हेटौंडाका १० वटा माध्यमिक तहका बिद्यालयमा यो कार्यक्रम गरिसकिएको छ । कार्यक्रमपछी बालिकाहरुलाई बेलैमा सचेत राख्नका लागि मधत पुग्ने अपेक्षा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*