भिमफेदी गाउँपालिका स्तरिय समन्यात्मक बैठक तथा अन्तरक्रिया

जनपत्र
२६ बैशाख २०७६, बिहीबार १९:०१

हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका स्तरिय समन्यात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रम आज भएको छ । नारी सिप सृजना केन्द्र नेपालको आयोजना तथा फाउन्डेशन अफ ओपन सोसाइटी इन्सीच्युटको साझेदारीमा कार्यक्रम गरिएको हो । महिलाका लागि समानता र न्याय, परियोजना अन्तरगत सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनीधिहरुको सहभागितामा कार्यक्रम गरिएको परियोजनाका संयोजक सम्झना गोलेले बताउनुभयो ।

कार्यक्रममा भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तथा नारी सिपका बोर्ड सदस्य सीता अधिकारी, भिमफेदीका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, बिभीन्न सरकारी कार्यालयका कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रममा हालसम्म यस परियोजनाले गरेका काम, भएगरेका कार्यक्रम, गरिएका उपलब्धी, लाभान्वीत संस्था, आईपरेका समस्या, सिकाईहरु प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*