‘नेपाल आइडल सिजन–४’को डिजिटल अडिसन सुरु

जनपत्र
२ भाद्र २०७८, बुधबार ०६:५५

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन सुरु भएको छ । भदौ १ ९मंगलबार०बाट डिजिटल अडिसन सुरु भएको निर्माण पक्षले जनाएको छ । भदौ ३१ सम्म अडिसन दिन सकिने छ ।

अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ ।

डिजिटल अडिसनमा पास भएकाहरुको फिजिकल अडिसन हुनेछ । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका नेपालीले सहभागी हुन पाउनेछन् । ‘नेपाल आइडल सिजन–४’मा निर्णायक को हुने निश्चित भइसकेको छैन । यस अघिका तीनवटा सिजनका निर्णायक भने यो सिजनमा नहुने निर्देशक सुरेश पौडेलले बताइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*